कसैलाई पनि घरबारविहीन नबनाउने प्रधानमन्त्री बालेनको प्रतिबद्धता
प्रधानमन्त्री बालेन्द्र शाहले वर्तमान सरकारले सुकुम्बासी बस्ती व्यवस्थापनमा चालिरहेका सम्पूर्ण कदम नागरिक हटाउने उद्देश्यले नभई आवासको हकको सुनिश्चितता र समस्याको स्थायी समाधानका लागि भएको स्पष्ट पारेका छन्; सरकार प्रत्येक भूमिहीन नागरिकको सुरक्षित, सम्मानजनक र स्थायी आवास सुनिश्चित गर्न प्रतिबद्ध रहेको र "कुनै पनि नागरिक घरबारविहीन हुने अवस्था सिर्जना हुन दिइने छैन" भन्ने आधिकारिक प्रतिबद्धता उनले फेसबुक मार्फत व्यक्त गरेका छन्।