प्रधानमन्त्रीको घोषणा : एनपीएलका आठै टिमका आफ्नै फ्लडलाइटसहितका रंगशाला, छैटौँ संस्करणदेखि होम एन्ड अवे
प्रधानमन्त्री बालेन्द्र शाहले नेपाल प्रिमियर लिग (एनपीएल) का आठवटै क्लबका लागि फ्लडलाइटसहितका आफ्नै क्रिकेट रंगशाला सरकारले निर्माण गर्ने घोषणा गरेका छन् । छैटौँ संस्करणदेखि प्रतियोगिता होम एन्ड अवे प्रणालीमा सञ्चालन गर्ने गरी रंगशाला बन्नेछन् ।
काठमाडौं । प्रधानमन्त्री बालेन्द्र शाहले नेपाल प्रिमियर लिग (एनपीएल) का आठवटै क्लबका आफ्नै फ्लडलाइटसहितका क्रिकेट रंगशाला निर्माण गर्ने घोषणा गरेका छन् । एनपीएलको तेस्रो संस्करणको उपाधि जितेको सुदूरपश्चिम रोयल्सलाई बधाई दिँदै उनले शनिबार साँझ सामाजिक सञ्जालमार्फत यस्तो घोषणा गरेका हुन् ।
प्रधानमन्त्री शाहका अनुसार एनपीएलको छैटौँ संस्करणदेखि प्रतियोगिता होम एन्ड अवे प्रणालीमा सञ्चालन गर्ने गरी रंगशाला बनाइनेछ । रंगशाला नेपाल सरकार, पूर्वाधार विकास मन्त्रालयले निर्माण गरिदिनेछ ।
फाप्लाको काम अघि बढिसक्यो
प्रधानमन्त्रीका अनुसार सुदूरपश्चिमको फाप्ला क्रिकेट रंगशालाको निर्माण प्रक्रिया अघि बढिसकेको छ । बाँकी सबै रंगशालाको निर्माण प्रक्रिया आगामी तीन महिनाभित्र अघि बढाइनेछ ।
क्रिकेटको व्यावसायिक विकास र विस्तारका लागि आवश्यक पूर्वाधार निर्माणमा सरकार तयार रहेको पनि उनले उल्लेख गरेका छन् ।
कुन टिमको कुन रंगशाला ?
विराटनगर किंग्स : बैजनाथपुर क्रिकेट रंगशाला
लुम्बिनी लायन्स : सिद्धार्थ क्रिकेट रंगशाला
कर्णाली याक्स : सुर्खेत क्रिकेट रंगशाला
सुदूरपश्चिम रोयल्स : फाप्ला क्रिकेट रंगशाला
काठमाडौं गोर्खाज : कीर्तिपुर क्रिकेट मैदान
पोखरा एभेन्जर्स : पोखरा क्रिकेट रंगशाला
जनकपुर बोल्ट्स : रामजानकी क्रिकेट रंगशाला
चितवन राइनोज : गौतमबुद्ध क्रिकेट रंगशाला
अहिले कीर्तिपुरमै सबै खेल
एनपीएलको तेस्रो संस्करणका खेल कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालय अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा भएका थिए । शनिबार भएको फाइनलमा सुदूरपश्चिमले साविक विजेता लुम्बिनी लायन्सलाई १० विकेटले हराउँदै पहिलो पटक उपाधि जितेको थियो ।
सुदूरपश्चिम पहिलो पटक एनपीएल च्याम्पियन : मुन्सेको अविजित १२५ रनमा लुम्बिनीलाई १० विकेटले हरायो
सुदूरपश्चिम रोयल्सले फाइनलमा साविक विजेता लुम्बिनी लायन्सलाई १० विकेटले हराउँदै पहिलो पटक एनपीएल उपाधि जितेको छ । जर्ज मुन्सेको अविजित १२५ रनको मद्दतमा सुदूरपश्चिमले १५६ रनको लक्ष्य १३.३ ओभरमै पूरा गर्यो ।
यो पनि पढ्नुहोस्
एनपीएल सकियो : च्याम्पियन सुदूरपश्चिमलाई डेढ करोड, कसले के–के जिते ?
नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करणको उपाधि जितेको सुदूरपश्चिम रोयल्सले १ करोड ५० लाख र उपविजेता लुम्बिनी लायन्सले ८० लाख रुपैयाँ पाएका छन् । दीपेन्द्रसिंह ऐरी प्रतियोगिताका उत्कृष्ट खेलाडी र रिजन ढकाल सर्वोत्कृष्ट नेपाली खेलाडी घोषित भए ।
एनपीएल : सर्वाधिक १७ विकेट लिएका रिजन ढकाल सर्वोत्कृष्ट नेपाली खेलाडी, पुरस्कारमा कार
नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करणमा सर्वाधिक १७ विकेट लिएका चितवन राइनोजका तीव्र गतिका बलर रिजन ढकाल सर्वोत्कृष्ट नेपाली खेलाडी घोषित भएका छन् । उनले पुरस्कारस्वरूप ओमोडा एन्ड जेकोको कार पाएका छन् ।
Comments
0 comments · join the conversation
No comments yet
Be the first to share your thoughts.
Add a comment
Your comment will appear after a quick review.
Comment submitted
Thanks! Your comment is in the moderation queue and will appear after verification.
Reply to comment
0 replies
Reply submitted
Thanks! Your reply is in the moderation queue and will appear after verification.