डिजिटल संसदमा अचम्मको ‘गोपनीयता’: सांसदको हाजिरी देखिने, प्रधानमन्त्री र मन्त्रीको किन लुकाइयो?

संघीय संसद्का गतिविधि नागरिकसम्म सहज रूपमा पुर्‍याउने उद्देश्यले ...

Artha Kendra Artha Kendra
बिहिबार, १ असोज २०८३, ३:४१ PM
—
फन्ट
डिजिटल संसदमा अचम्मको ‘गोपनीयता’: सांसदको हाजिरी देखिने, प्रधानमन्त्री र मन्त्रीको किन लुकाइयो?

काठमाडौं — संघीय संसद्का गतिविधि नागरिकसम्म सहज रूपमा पुर्‍याउने उद्देश्यले सरकारले सञ्चालनमा ल्याएको ‘डिजिटल संसद’ वेबसाइटमै पारदर्शितामाथि गम्भीर प्रश्न उठेको छ।

वेबसाइटमार्फत संसद् बैठकका विवरण, सांसदहरूको उपस्थिति, संसदीय समितिका गतिविधि तथा संसद्मा पेस भएका ऐन, विधेयक र नियमसम्बन्धी जानकारी हेर्न सकिन्छ। डिजिटल प्रणालीले आमनागरिकलाई आफ्ना जनप्रतिनिधिको संसदीय सक्रियता निगरानी गर्ने अवसर दिएको छ।

तर वेबसाइटमा एउटा आश्चर्यजनक पक्ष देखिएको छ—सामान्य सांसदहरूको उपस्थिति सार्वजनिक गरिए पनि प्रधानमन्त्री तथा मन्त्री रहेका सांसदहरूको हाजिरी विवरण भने देखाइएको छैन।

जनताबाट निर्वाचित सांसद मन्त्री वा प्रधानमन्त्री बनेपछि उनीहरूको संसदीय उपस्थिति किन सार्वजनिक हुँदैन? उनीहरू सदनमा कति दिन उपस्थित भए र कति बैठकमा अनुपस्थित रहे भन्ने जानकारी नागरिकले किन पाउन नसक्ने?

पारदर्शिता र जवाफदेहिताको दाबी गर्दै सुरु गरिएको डिजिटल संसदले नै सरकारको नेतृत्वमा रहेका व्यक्तिको उपस्थिति लुकाउँदा प्रश्न उठेको छ—डिजिटल संसद जनतालाई सूचना दिन बनाइएको हो कि शक्तिशालीहरूको विवरण छोप्न?

प्रधानमन्त्री र मन्त्रीहरू पनि सांसद नै भएकाले उनीहरूको उपस्थिति अन्य सांसदसरह सार्वजनिक गरिनुपर्ने माग उठ्न सक्छ। सरकारले यो विवरण प्राविधिक कारणले नदेखाएको हो वा जानाजान गोप्य राखेको हो भन्ने विषयमा स्पष्ट जवाफ दिन आवश्यक देखिएको छ।

डिजिटल संसद् वेबसाइट: https://digital.parliament.gov.np/

यो पोस्ट पढेपछि तपाईलाई कस्तो लाग्यो?

सेयर गर्नुहोस्

Comments

1 comment · join the conversation

G

[email protected]

·

Prime minister and ministers should be present in their respective ministries and not in the parliament and other parliamentary committee. This is universal practices irrespective of political systems worldwide. I wonder why the press fraternity is much in