नीति तथा कार्यक्रममा प्रधानमन्त्री बालेनले जवाफ नदिने, अर्थमन्त्री वाग्लेले दिने

सरकारको नीति तथा कार्यक्रममाथि संसदमा उठेका प्रश्नको जवाफ प्रधानमन्त्री बालेन शाहले नदिने, अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले प्रतिनिधि सभामा जवाफ दिने भएका छन्।

Artha Kendra Artha Kendra
बुधबार, ३० बैशाख २०८३, ११:२१ AM
फन्ट
नीति तथा कार्यक्रममा प्रधानमन्त्री बालेनले जवाफ नदिने, अर्थमन्त्री वाग्लेले दिने

सरकारको नीति तथा कार्यक्रममाथि संसदमा उठेका प्रश्नको जवाफ प्रधानमन्त्री बालेन शाहले नदिने भएका छन्। अब उनको सट्टा अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले प्रतिनिधि सभामा जवाफ दिनेछन्।

यसअघि संसद सचिवालयले प्रधानमन्त्री शाहले जवाफ दिने सम्भावित कार्यसूची सार्वजनिक गरेको थियो। तर, प्रधानमन्त्रीले जवाफ नदिने निर्णय गरेपछि अर्थमन्त्री वाग्लेले उक्त जिम्मेवारी सम्हाल्ने भएका हुन्। प्रतिनिधि सभाको बैठक बिहान ११ बजेका लागि बोलाइएको छ।

राष्ट्रपति रामचन्द्र पौडेलले यही वैशाख २८ गते आर्थिक वर्ष २०८३/८४ को सरकारको नीति तथा कार्यक्रम संघीय संसदमा प्रस्तुत गरेका थिए। सोही नीति तथा कार्यक्रममाथि आजदेखि छलफल सुरु हुने, सांसदहरूले उठाएका प्रश्नको जवाफ दिने, संशोधन प्रस्ताव निर्णयार्थ पेश गर्ने तथा आजै पारित गर्ने तयारी रहेको संसद सचिवालयले जनाएको छ।

हिजोको बैठकमा विभिन्न दलका नेताहरूले आफ्नो धारणा राखेका थिए।

यो पनि पढ्नुहोस्

यो पोस्ट पढेपछि तपाईलाई कस्तो लाग्यो?

सेयर गर्नुहोस्

Comments

1 comment · join the conversation

P

Pdlrose

·

बोल्न नआउने मेरो देशको PM हरिबिजोग