गगनको राजनीतिक प्रतिवेदन: गठबन्धन नगर्नेदेखि नागरिकसँग सम्बन्ध बलियो बनाउनेसम्म
नेपाली कांग्रेसका सभापति गगन थापाले १५औँ महाधिवेशनमा प्रस्तुत गर्ने राजनीतिक प्रतिवेदनमा पार्टीको राजनीतिक, वैचारिक, संगठनात्मक तथा आर्थिक कार्यदिशाको समीक्षा गर्दै कांग्रेसको पुनर्संरचना र नागरिकसँगको सम्बन्ध बलियो बनाउने प्रस्ताव गरेका छन् ।