एनपीएल : सर्वाधिक १७ विकेट लिएका रिजन ढकाल सर्वोत्कृष्ट नेपाली खेलाडी, पुरस्कारमा कार
नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करणमा सर्वाधिक १७ विकेट लिएका चितवन राइनोजका तीव्र गतिका बलर रिजन ढकाल सर्वोत्कृष्ट नेपाली खेलाडी घोषित भएका छन् । उनले पुरस्कारस्वरूप ओमोडा एन्ड जेकोको कार पाएका छन् ।
काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटको तेस्रो संस्करणमा चितवन राइनोजका तीव्र गतिका बलर रिजन ढकाल सर्वोत्कृष्ट नेपाली खेलाडी घोषित भएका छन् । आयोजकले उनलाई पुरस्कारस्वरूप ओमोडा एन्ड जेकोको कार प्रदान गरेको छ ।
प्रतियोगितामा सर्वाधिक १७ विकेट लिएका रिजनले सर्वाधिक विकेट लिने बलरलाई दिइने ‘गोल्डेन क्याप’ पनि आफ्नो नाममा पारेका छन् ।
कुगलेइन दोस्रो
सर्वाधिक विकेट लिने बलरको सूचीमा च्याम्पियन सुदूरपश्चिम रोयल्सका स्कट कुगलेइन १५ विकेट लिएर दोस्रो स्थानमा रहे । चितवनकै कमलसिंह ऐरी तेस्रो स्थानमा छन् ।
रिजनको टोली चितवन दोस्रो क्वालिफायरमा सुदूरपश्चिमसँग ३ विकेटले पराजित हुँदै प्रतियोगिताबाट बाहिरिएको थियो ।
सुदूरपश्चिम च्याम्पियन
शनिबार भएको फाइनलमा सुदूरपश्चिमले साविक विजेता लुम्बिनी लायन्सलाई १० विकेटले हराउँदै पहिलो पटक एनपीएल उपाधि जितेको थियो । फाइनलमा ५४ बलमा अविजित १२५ रन बनाएका जर्ज मुन्से खेलका उत्कृष्ट खेलाडी बने ।
Comments
0 comments · join the conversation
No comments yet
Be the first to share your thoughts.
Add a comment
Your comment will appear after a quick review.
Comment submitted
Thanks! Your comment is in the moderation queue and will appear after verification.
Reply to comment
0 replies
Reply submitted
Thanks! Your reply is in the moderation queue and will appear after verification.