नेकपा एमालेका सचिव महेश बस्नेतले बालेन्द्र शाह नेतृत्वको सरकारको एक महिना आक्रोश , प्रतिशोध , अन्योल र अस्त ब्यस्तमा बितेको टिप्पणी गरेका छन् ।
नेपाली बजारमा आज सुनचाँदीको मुल्य बढेको छ ।
१३.५ मेगावाट क्षमताको सुपर काबेली खोला 'ए' जलविद्युत आयोजनाका प्रवर्द्धक स्नो रिभर्स लिमिटेडले सर्वसाधारणका लागि वैशाख २९ गतेदेखि ७ लाख ७८ हजार १२५ कित्ता आईपीओ निष्काशन गर्ने भएको छ; निष्काशन ढिलोमा जेठ १२ गते बन्द हुनेछ।
चालु आर्थिक वर्ष २०८२/८३ को तेस्रो त्रैमाससम्ममा नेपाल बैंकको खुद नाफा ०.३४ प्रतिशतले बढेर रु. २ अर्ब ७९ करोड पुगेको छ भने प्रतिसेयर आम्दानी (इपीएस) २५.३४ रुपैयाँ कायम भएको छ।
आज देश विदेशका प्रमुख २० समाचार यस प्रकार रहेका छन् ।
नेपाल उद्योग वाणिज्य महासंघले स्थगित भएको ६०औँ वार्षिक साधारण सभा तथा निर्वाचनको नयाँ मिति सार्वजनिक गरेको छ ।
जल तथा मौसम विज्ञान विभागले मौसम प्रणाली पूर्वतर्फ सरिरहेको जानकारी दिएको छ ।
इरानमा इन्टरनेट सेवा लगभग पूर्ण रूपमा अवरुद्ध भएको अवस्था लगातार ५८औँ दिन पनि कायम रहेको छ ।
सार्वजनिक खरिद अनुगमन कार्यालयको विद्युतीय सरकारी खरिद प्रणालीमा अनधिकृत पहुँच पुर्याई ठेक्काका विवरण हेरफेर गरेको आरोपमा थप दुई जना पक्राउ परेका छन् ।
समस्याग्रस्त सहकारीका बचतकर्ताको रकम फिर्ताका लागि सरकारले चक्रीय कोष सञ्चालनको कार्यविधि लागू गरेको छ, जसअन्तर्गत दोषी सञ्चालकले अरूलाई हस्तान्तरण गरेको सम्पत्तिसमेत बिक्री गरिनेछ।
.. ..