यूनाइटेड अजोड इन्स्योरेन्सको अवितरित हकप्रद शेयर बाँडफाँड तथा रकम फिर्ता
यूनाइटेड अजोड इन्स्योरेन्स लिमिटेडले अवितरित हकप्रद शेयरको बाँडफाँड सम्पन्न गर्दै बाँडफाँडमा नपरेका आवेदकको रकम फिर्ता गरेको छ ।
काठमाडौं । यूनाइटेड अजोड इन्स्योरेन्स लिमिटेडले अवितरित हकप्रद शेयरको बाँडफाँड सम्पन्न गर्दै बाँडफाँडमा नपरेका आवेदकको रकम फिर्ता गरेको छ ।
कम्पनीले हाल कायम १०० कित्ता शेयर बराबर १० कित्ताको अनुपातमा प्रतिकित्ता १०० रुपैयाँ अंकित मूल्यका २३ लाख १० हजार कित्ता हकप्रद शेयर निष्काशन गरेको थियो। तोकिएको अवधिमा बिक्री नभएका शेयरहरू जेठ २९ गतेदेखि असार ८ गतेसम्म शिलबन्दी बोलपत्रमार्फत बिक्रीका लागि आह्वान गरिएको थियो। प्राप्त बोलपत्रहरू असार ११ गते खोलिएको र आवश्यक रुजु प्रक्रिया पूरा गरी असार १६ गते बाँडफाँड सम्पन्न गरिएको कम्पनीले जनाएको छ।
बाँडफाँडमा शेयर प्राप्त गर्न नसकेका आवेदकको रकम असार १८ गते बिहीबारदेखि आवेदन फाराममा उल्लेख गरिएको बैंक खातामा आइपीएसमार्फत फिर्ता पठाइनेछ।
कम्पनीका अनुसार अवितरित हकप्रद शेयरको अन्तिम कटअफ मूल्य प्रतिकित्ता ४४७ रुपैयाँ ५० पैसा कायम भएको छ। उक्त मूल्यमा बोलपत्र पेश गरेका आवेदकहरूलाई सापेक्षिक भारका आधारमा समानुपातिक रूपमा शेयर बाँडफाँड गरिएको छ।
Comments
0 comments · join the conversation
No comments yet
Be the first to share your thoughts.
Add a comment
Your comment will appear after a quick review.
Comment submitted
Thanks! Your comment is in the moderation queue and will appear after verification.
Reply to comment
0 replies
Reply submitted
Thanks! Your reply is in the moderation queue and will appear after verification.