विष्णु पौडेलको बन्दी प्रत्यक्षीकरणको रिटको आज सुनुवाई हुदै
नेकपा एमालेका उपाध्यक्ष विष्णु पौडेलको पक्राउविरुद्ध सर्वोच्च अदालतमा दायर बन्दी प्रत्यक्षीकरणको रिटको आज सुनुवाई हुदै छ ।
काठमाडौँ । नेकपा एमालेका उपाध्यक्ष विष्णु पौडेलको पक्राउविरुद्ध सर्वोच्च अदालतमा दायर बन्दी प्रत्यक्षीकरणको रिटको आज सुनुवाई हुदै छ ।
यो रिटको सर्वोच्चका न्यायाधीशद्वय टेकप्रसाद ढुंगाना र मेघराज पोखरेलको संयुक्त इजलासमा आज पेसी तोकिएको छ ।यसअघि न्यायाधीश श्रीकान्त पौडेलको एकल इजलासले पौडेललाई पक्राउ गर्नुको कारण पेश गर्न आदेश दिएको हो । आजको इजलासले पौडेललाई रिहा गर्नु पर्ने नपर्ने भन्ने बारे आदेश दिन सक्ने बताइएको छ ।गत बुधबार सर्वोच्च अदालतमा पौडेलकी पत्नीले बन्दी प्रत्यक्षीकरणको रिट दायर गरेकी थिइन् । रिटमा विशेष अदालत, प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालय, गृह मन्त्रालय, सम्पत्ति शुद्धीकरण विभाग, जिल्ला प्रहरी कार्यालय सुर्खेतलाई विपक्षी बनाइएको थियो ।पौडेललाई विशेष अदालतले शुरुमा ७ दिन थुनामा राखेर अनुसन्धान गर्न अनुमति दिएकोमा सोमबार तीन दिन म्याद थप गरेको छ ।
पौडेललाई सम्पत्ति शुद्धिकरण मुद्धामा असार ८ गते सुर्खेतबाट पक्राउ गरेको थियो ।
Comments
0 comments · join the conversation
No comments yet
Be the first to share your thoughts.
Add a comment
Your comment will appear after a quick review.
Comment submitted
Thanks! Your comment is in the moderation queue and will appear after verification.
Reply to comment
0 replies
Reply submitted
Thanks! Your reply is in the moderation queue and will appear after verification.