पेट्रोल २० र डिजेल ३० रुपैयाँ सस्तो, एलपी ग्यासमा पनि १०० रुपैयाँ कटौती

नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य घटाएको छ। निगमले बुधबार राति १२ः०१ बजेदेखि लागू हुने गरी पेट्रोल, डिजेल/मट्टीतेल र एलपी ग्यासको नयाँ खुद्रा बिक्री मूल्य निर्धारण गरेको हो।

Artha Kendra Artha Kendra
मंगलबार, १६ असार २०८३, ११:२ PM
फन्ट
पेट्रोल २० र डिजेल ३० रुपैयाँ सस्तो, एलपी ग्यासमा पनि १०० रुपैयाँ कटौती

काठमाडौं । नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य घटाएको छ। निगमले बुधबार राति १२ः०१ बजेदेखि लागू हुने गरी पेट्रोल, डिजेल/मट्टीतेल र एलपी ग्यासको नयाँ खुद्रा बिक्री मूल्य निर्धारण गरेको हो।

निगमका अनुसार पेट्रोलको मूल्य प्रतिलिटर २० रुपैयाँ, डिजेल/मट्टीतेलको प्रतिलिटर ३० रुपैयाँ तथा खाना पकाउने एलपी ग्यासको मूल्य प्रतिसिलिन्डर १०० रुपैयाँले घटाइएको छ।

अन्तर्राष्ट्रिय बजारमा पेट्रोलियम पदार्थको मूल्य घट्दै गएपछि इण्डियन आयल कर्पोरेशन (आईओसी)बाट प्राप्त नयाँ खरिद मूल्यका आधारमा मूल्य समायोजन गरिएको निगमले जनाएको छ। आईओसीबाट प्राप्त नयाँ खरिद मूल्यअनुसार पेट्रोल प्रतिलिटर १५ रुपैयाँ ९ पैसा, डिजेल २९ रुपैयाँ ४६ पैसा, हवाई इन्धन २९ रुपैयाँ ४२ पैसा तथा एलपी ग्यासको मूल्यसमेत घटेर आएको छ।

नयाँ मूल्यसूचीअनुसार पहिलो वर्गका क्षेत्रमा पेट्रोल प्रतिलिटर १९४ रुपैयाँ ५० पैसा, दोस्रो वर्गमा १९६ रुपैयाँ र तेस्रो वर्गमा १९७ रुपैयाँ कायम गरिएको छ। त्यस्तै डिजेल/मट्टीतेलको मूल्य पहिलो वर्गमा १९२ रुपैयाँ ५० पैसा, दोस्रो वर्गमा १९४ रुपैयाँ र तेस्रो वर्गमा १९५ रुपैयाँ प्रतिलिटर तोकिएको छ।

एलपी ग्यासको मूल्य प्रतिसिलिन्डर २ हजार ६० रुपैयाँ कायम गरिएको छ, जुन साविकको २ हजार १६० रुपैयाँभन्दा १०० रुपैयाँ कम हो।

निगमले हवाई इन्धन (आन्तरिक उडान) को मूल्य प्रतिलिटर ३० रुपैयाँ घटाएर २३१ रुपैयाँ कायम गरेको छ भने अन्तर्राष्ट्रिय उडानतर्फ काठमाडौंका लागि प्रतिकिलोलिटर १५५ अमेरिकी डलरले घटाइएको जनाएको छ। पोखरा र भैरहवाबाट हुने अन्तर्राष्ट्रिय उडानका लागि भने ब्रेकइभेन बिन्दुमै मूल्य कायम गरिएको छ।

यो पोस्ट पढेपछि तपाईलाई कस्तो लाग्यो?

सेयर गर्नुहोस्

Comments

0 comments · join the conversation

No comments yet

Be the first to share your thoughts.