साउनभित्र २ लाख १० हजार मेट्रिक टन रासायनिक मल आयात हुँदै
कृषि, वन तथा पर्यावरण मन्त्रालयले आगामी साउन महिनाभित्र करिब २ लाख १० हजार मेट्रिक टन रासायनिक मल नेपाल भित्र्याउने जनाएको छ ।
काठमाडौँ । कृषि, वन तथा पर्यावरण मन्त्रालयले आगामी साउन महिनाभित्र करिब २ लाख १० हजार मेट्रिक टन रासायनिक मल नेपाल भित्र्याउने जनाएको छ ।
किसानलाई राहत हुने गरी धानबालीका लागि आवश्यक मलको आपूर्ति सुनिश्चित गर्न मन्त्रालयले विभिन्न माध्यमबाट मल आयात प्रक्रिया अघि बढाएको जनाएको हो।
मन्त्रालयका अनुसार सरकार–सरकार (जीटूजी) सम्झौताअन्तर्गत भारतबाट ३० हजार मेट्रिक टन युरिया मल ल्याइँदैछ। भारतसँग ८० हजार मेट्रिक टन मल आपूर्तिको सम्झौता भएकोमा पहिलो चरणमा ५० हजार मेट्रिक टन मल साउन दोस्रो साताभित्र नेपाल भित्रिनेछ।
त्यसैगरी, अन्तर्राष्ट्रिय (ग्लोबल) टेन्डरमार्फत १ लाख ८० हजार मेट्रिक टन रासायनिक मल आयात गरिने मन्त्रालयले जनाएको छ। यसमध्ये ६० हजार मेट्रिक टन डीएपी र १ लाख २० हजार मेट्रिक टन युरिया रहेको छ। यी मल साउनको पहिलो सातासम्म नेपाल भित्रिने लक्ष्य राखिएको छ।
ओमनबाट लोडिङ प्रक्रियामा रहेको ३० हजार मेट्रिक टन युरिया असार अन्तिमसम्म कलकत्ता आइपुग्ने र साउनको दोस्रो सातामा नेपाल भित्रिनेछ। त्यसैगरी ३० हजार मेट्रिक टन डीएपी होर्मुज पार गरी विशाखापट्टनम बन्दरगाह पुगिसकेको र असार १९–२० गतेसम्म नेपाल आइपुग्ने साल्ट ट्रेडिङ कर्पोरेशन लिमिटेडले जनाएको छ। साथै ३० हजार मेट्रिक टन युरिया जहाजमा लोड भइसकेको र साउन पहिलो साता कलकत्ता बन्दरगाह हुँदै साउन अन्तिमसम्म नेपाल आइपुग्नेछ।
त्यसैगरी कतारबाट ३० हजार मेट्रिक टन युरिया सिपमेन्ट भइसकेको र असार अन्तिम सातामा कलकत्ता आइपुग्ने कृषि सामग्री कम्पनी लिमिटेडले जनाएको छ। साउदी अरेबियाबाट ३० हजार मेट्रिक टन युरिया लोड भइसकेको र असार अन्तिम सातासम्म कलकत्ता आइपुग्ने कम्पनीले जनाएको छ। त्यस्तै, भियतनामबाट ३० हजार मेट्रिक टन डीएपी लोड भई असार अन्तिम सातासम्म कलकत्ता आइपुग्ने र साउन दोस्रो सातामा नेपाल भित्रिनेछ।
मन्त्रालयले मध्यपूर्वमा जारी द्वन्द्वका कारण अन्तर्राष्ट्रिय बजारमा मलको उपलब्धता घटे पनि किसानलाई राहत हुने गरी आपूर्ति व्यवस्थापन भइरहेको जनाएको छ। साथै चालु आर्थिक वर्षमा करिब ६ लाख मेट्रिक टन रासायनिक मल अनुदानमा उपलब्ध गराउने लक्ष्य रहेको र विगतका वर्षको तुलनामा यस वर्ष हालसम्मकै सबैभन्दा बढी रासायनिक मल आयात गर्ने योजना रहेको उल्लेख गरेको छ।
यसका साथै मल वितरण प्रणालीलाई थप व्यवस्थित, पारदर्शी र प्रभावकारी बनाउन सम्बन्धित विवरण अनलाइन प्रणालीमा अनिवार्य रूपमा अद्यावधिक गर्न निर्देशन दिइएको छ। स्थानीय तहमा रासायनिक मलको कालोबजारी वा अनियमितता भएमा बिहान ७ बजेदेखि साँझ ७ बजेसम्म हटलाइन नम्बर ९७०००९९११३ वा क्यूआर कोडमार्फत गुनासो दर्ता गर्न मन्त्रालयले आग्रह गरेको छ।
Comments
0 comments · join the conversation
No comments yet
Be the first to share your thoughts.
Add a comment
Your comment will appear after a quick review.
Comment submitted
Thanks! Your comment is in the moderation queue and will appear after verification.
Reply to comment
0 replies
Reply submitted
Thanks! Your reply is in the moderation queue and will appear after verification.