सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागले पूर्वअर्थमन्त्री तथा नेकपा एमालेका उपाध्यक्ष विष्णु प्रसाद पौडेलसहित १६ जनाविरुद्ध विशेष अदालतमा पूरक आरोपपत्र दायर गरेको छ ।
नापी कार्यालय चाबहिल २ नम्बर नापी टोलीका अमिन टोप जङ खत्री सेवाग्राहीसँग घुस लिएको आरोपमा पक्राउ परेका छन् ।
ठगी, आपराधिक लाभ तथा सम्पत्ति शुद्धीकरण सम्बन्धी मुद्दामा फरार रहेका तुल्सी अधिकारीलाई नेपाल प्रहरीले पक्राउ गरी स्वदेश फर्काएको छ।
विशेष अदालतमा दर्ता भएको घुस तथा रिसवतसम्बन्धी भ्रष्टाचार मुद्दामा सरकारी साक्षीका रूपमा प्रस्तुत भएका तीन जनाविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगले आरोपपत्र दायर गरेको छ ।
झापामा श्रीमतीको हत्या गर्ने श्रीमान पक्राउ परेका छन् ।
रूपन्देहीको मालपोत कार्यालयमा कार्यरत नायब सुब्बा ओमबहादुर खाम्चाविरुद्ध घुस लिएको आरोपमा मुद्दा दायर गरिएको छ।
सम्पत्ति शुद्धीकरणको अभियोगमा अनुसन्धानका लागि हिरासतमा रहेका व्यवसायीद्वय दीपक भट्ट र शुलभ अग्रवाललाई हिरासतमा राख्न पुनः म्याद थप भएको छ।
वैदेशिक रोजगारीमा आकर्षक तलबको प्रलोभनमा पारी विभिन्न देश पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा ३ जनालाई प्रहरीले पक्राउ गरेको छ ।
सार्वजनिक खरिद अनुगमन कार्यालयको ई-जीपी प्रणाली ह्याक गरी ठेक्का विवरण हेरफेर गर्ने गिरोहविरुद्ध सीआईबीको अभियानमा अहिलेसम्म पूर्व मन्त्री विक्रम पाण्डेसहित १० निर्माण व्यवसायी सहित कुल १३ जना पक्राउ परिसकेका छन्।
सर्वोच्च अदालतले उद्योगी एवं नेपाल उद्योग वाणिज्य महासंघका पूर्वअध्यक्ष शेखर गोल्छालाई २४ घण्टाभित्र अदालतमा उपस्थित गराउन नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी)लाई आदेश दिएको छ।
.. ..