तुलसा अधिकारीलाई इन्टर पोलको सहयोगमा पक्राउ गरि नेपाल ल्याइयो

ठगी, आपराधिक लाभ तथा सम्पत्ति शुद्धीकरण सम्बन्धी मुद्दामा फरार रहेका तुल्सी अधिकारीलाई नेपाल प्रहरीले पक्राउ गरी स्वदेश फर्काएको छ।

Artha Kendra Artha Kendra
आइतबार, १७ जेठ २०८३, १:२३ PM
फन्ट
तुलसा अधिकारीलाई इन्टर पोलको सहयोगमा पक्राउ गरि नेपाल ल्याइयो

काठमाडौँ । ठगी, आपराधिक लाभ तथा सम्पत्ति शुद्धीकरण सम्बन्धी मुद्दामा फरार रहेका तुलसा अधिकारीलाई नेपाल प्रहरीले पक्राउ गरी स्वदेश फर्काएको छ।

नवलपरासी बर्दघाट सुस्ता पश्चिमको सुनवल नगरपालिका–६ स्थायी घर भई हाल ललितपुरको भैंसेपाटी बस्दै आएकी अधिकारीविरुद्ध अन्तर्राष्ट्रिय प्रहरी संगठन इन्टरपोलमार्फत खोजी जारी गरिएको थियो ।

 नेपाल प्रहरीको अपराध अनुसन्धान विभागको इन्टरपोल शाखाको अनुरोधमा २०८२ चैत ३ गते) मा उनीविरुद्ध रेड कर्नर नोटिस जारी गरिएको थियो।

प्रहरीका अनुसार कुमार चिमोरियाको जाहेरीका आधारमा नेपाल सरकार वादी रहेको उक्त मुद्दामा अधिकारीमाथि चार करोड ५० लाख ठगी गरेको आरोप छ । यस सम्बन्धी मुद्दा प्रहरी वृत्त सातदोबाटो, ललितपुरमा दर्ता गरिएको थियो ।

रेड कर्नर जारी भएपछि इन्टरपोल शाखा काठमाडौँले निरन्तर अन्तर्राष्ट्रिय समन्वय गर्दै अधिकारीको खोजी कार्य अघि बढाएको थियो । सोही क्रममा उनलाई थाइल्याण्डबाट पक्राउ गरि थाई वायुसेवामार्फत शनिबार राति ११: ४५ बजे नेपाल ल्याइएको प्रहरीले जनाएको छ।

नेपाल ल्याइएपछि इन्टरपोल शाखा काठमाडौँले अधिकारीलाई थप कानुनी कारबाहीका लागि ललितपुरबाट खटिएका प्रहरी कर्मचारीको जिम्मा लगाएको छ । प्रहरीले उनीमाथि ठगी, आपराधिक लाभ तथा सम्पत्ति शुद्धीकरणसम्बन्धी कसुरमा अनुसन्धान तथा कानुनी प्रक्रिया अघि बढाइएको जनाएको छ।

यो पोस्ट पढेपछि तपाईलाई कस्तो लाग्यो?

सेयर गर्नुहोस्

Comments

0 comments · join the conversation

No comments yet

Be the first to share your thoughts.