एमाले उपाध्यक्ष विष्णु पौडेलविरुद्ध २० करोड विगोसहित विशेष अदालतमा मुद्दा दायर

सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागले पूर्वअर्थमन्त्री तथा नेकपा एमालेका उपाध्यक्ष विष्णु प्रसाद पौडेलसहित १६ जनाविरुद्ध विशेष अदालतमा पूरक आरोपपत्र दायर गरेको छ ।

Artha Kendra Artha Kendra
बिहिबार, ३२ असार २०८३, ८:४६ PM
फन्ट
एमाले उपाध्यक्ष विष्णु पौडेलविरुद्ध २० करोड विगोसहित विशेष अदालतमा मुद्दा दायर

काठमाडौं । सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागले पूर्वअर्थमन्त्री तथा नेकपा एमालेका उपाध्यक्ष विष्णु प्रसाद पौडेलसहित १६ जनाविरुद्ध विशेष अदालतमा पूरक आरोपपत्र दायर गरेको छ ।विशेष अदालतबाट जारी सूचनाअनुसार यसअघि दर्ता भएको प्रतिवादी दीपक भट्टसमेतको मुद्दामा थप अनुसन्धानपछि आरोपपत्र दायर गरिएको हो । आरोपपत्रमा विष्णु प्रसाद पौडेलसहित ६ जना व्यक्ति र १० कम्पनि गरी कुल १६ जनालाई प्रतिवादी बनाइएको छ ।विभागका अनुसार प्रतिवादीहरूले व्यवसायी दीपक भट्टलगायतको गैरकानुनी रूपमा आर्जित सम्पत्ति लुकाउन तथा त्यसको वास्तविक स्रोत लुकाउने वातावरण निर्माण गरी सम्पत्ति शुद्धीकरण (मनी लाउन्डरिङ) निवारण ऐन, २०६४ अन्तर्गत मतियारको भूमिका खेलेको आरोप लगाइएको छ ।विभागले पौडेलविरुद्ध २० करोड ९० लाख बिगो कायम गरेको छ । साथै, उनको एभरेष्ट बैंक लिमिटेडको खातामा रहेको ६ लाख ३४ हजार जफत गर्नसमेत मागदाबी गरिएको विभागले जनाएको छ ।विशेष अदालतले जारी गरेको सूचनामा थप अनुसन्धानबाट प्राप्त प्रमाणका आधारमा पूरक आरोपपत्र दायर गरिएको उल्लेख छ । अब उक्त मुद्दाको सुनुवाइ विशेष अदालतको नियमित प्रक्रियाअनुसार अघि बढ्नेछ ।

यसअघि पनि यही प्रकरणमा व्यवसायी दीपक भट्टविरुद्ध सम्पत्ति शुद्धीकरणसम्बन्धी मुद्दा दर्ता भइसकेको छ ।पौडेलले यहि असार ८ गते सुर्खेतमा पार्टीको कार्यक्रम स्थलबाटै पक्राउ गरिएको थियो ।

सम्बन्धित
विष्णु पौडेललाई थप तीन दिन थुनामा राख्न विशेष अदालतको अनुमति

नेकपा एमालेका उपाध्यक्ष विष्णु पौडेललाई थप तीन दिन थुनामा राख्न अदालतले म्याद थप गरेको छ ।

यो पोस्ट पढेपछि तपाईलाई कस्तो लाग्यो?

सेयर गर्नुहोस्

Comments

0 comments · join the conversation

No comments yet

Be the first to share your thoughts.