दुई लाख घुससहित पक्राउ परेका रूपन्देही मालपोतका नासुविरुद्ध मुद्धा दायर
रूपन्देहीको मालपोत कार्यालयमा कार्यरत नायब सुब्बा ओमबहादुर खाम्चाविरुद्ध घुस लिएको आरोपमा मुद्दा दायर गरिएको छ।
काठमाडौँ । रूपन्देहीको मालपोत कार्यालयमा कार्यरत नायब सुब्बा ओमबहादुर खाम्चाविरुद्ध घुस लिएको आरोपमा मुद्दा दायर गरिएको छ।
जग्गाको नयाँ श्रेस्ता कायम गर्ने तथा नामसारी गर्ने काम गरिदिने बहानामा सेवाग्राहीसँग घुस माग गरेको भन्ने उजुरीका आधारमा अख्तियार दुरुपयोग अनुसन्धान आयोग, बुटवलबाट खटिएको टोलीले उनलाई नियन्त्रणमा लिएको थियो। सेवाग्राहीबाट लिइसकेको अवस्थामा दुई लाख नगदसहित उनलाई पक्राउ गरिएको थियो ।
अनुसन्धानका क्रममा खाम्चाले जिर्ण श्रेस्ता कायम गर्ने, अपुताली जग्गा नामसारी तथा दाखिल खारेजलगायतका काम गरिदिने भन्दै सेवाग्राहीसँग मोलमोलाई गरी उक्त रकम लिएको पुष्टि भएको आयोगले जनाएको छ।
प्रमाणसहित दोषी देखिएपछि उनीमाथि भ्रष्टाचार निवारण ऐन, २०५९ बमोजिम कारबाही अघि बढाइएको छ। आयोगले उनलाई बिगो बराबरको जरिवाना र कैद सजायको माग गर्दै आज काठमाडौँस्थित विशेष अदालतमा आरोपपत्र दायर गरेको छ।
Comments
0 comments · join the conversation
No comments yet
Be the first to share your thoughts.
Add a comment
Your comment will appear after a quick review.
Comment submitted
Thanks! Your comment is in the moderation queue and will appear after verification.
Reply to comment
0 replies
Reply submitted
Thanks! Your reply is in the moderation queue and will appear after verification.