नापी कार्यालय चाबहिलका अमिन ६० हजार घुससहित पक्राउ

नापी कार्यालय चाबहिल २ नम्बर नापी टोलीका अमिन टोप जङ खत्री सेवाग्राहीसँग घुस लिएको आरोपमा पक्राउ परेका छन् ।

Artha Kendra Artha Kendra
मंगलबार, २ असार २०८३, १०:६ PM
फन्ट
नापी कार्यालय चाबहिलका अमिन ६० हजार घुससहित पक्राउ

काठमाडौँ । नापी कार्यालय चाबहिल २ नम्बर नापी टोलीका अमिन टोप जङ खत्री सेवाग्राहीसँग घुस लिएको आरोपमा पक्राउ परेका छन् ।

सेवाग्राहीको जग्गा हालसाविक गरी जग्गाधनी पूर्जा बनाइदिने भन्दै उनले घुस माग गरेको भन्ने सूचना तथा उजुरीका आधारमा अख्तियार दुरुपयोग अनुसन्धान आयोग, टङ्गालबाट खटिएको टोलीले निगरानी गरेको थियो ।

त्यस क्रममा अमिन खत्रीलाई सेवाग्राहीबाट ६० हजार घुस लिइसकेको अवस्थामा नियन्त्रणमा लिइएको आयोगले जनाएको छ । उनलाई काठमाडौँको गोकर्णेश्वर नगरपालिका–४ स्थित माकालवारी क्षेत्रबाट आज नियन्त्रणमा लिइएको हो ।

हाल उनलाई पक्राउ गरी थप अनुसन्धान तथा कानुनी प्रक्रिया अघि बढाइएको आयोगले जनाएको छ ।

यो पोस्ट पढेपछि तपाईलाई कस्तो लाग्यो?

सेयर गर्नुहोस्

Comments

0 comments · join the conversation

No comments yet

Be the first to share your thoughts.