वार्ता गर्नुअघि संसद् विघटन भएको हुनु पर्छ: बालेन

बालेन्द्र शाहले देशभर जारी जेनजी आन्दोलनप्रति समर्थन जनाउँदै संसद् विघटनको माग गरेका छन् ।

Artha Kendra Artha Kendra
मंगलबार, २४ भदौ २०८२, ३:४३ PM
फन्ट
वार्ता गर्नुअघि संसद् विघटन भएको हुनु पर्छ: बालेन

काठमाडौं, भदौ २४ — काठमाडौं महानगरपालिकाका प्रमुख बालेन्द्र शाहले देशभर जारी जेनजी आन्दोलनप्रति समर्थन जनाउँदै संसद् विघटनको माग गरेका छन्। मंगलबार दिउँसो सामाजिक सञ्जालमार्फत सार्वजनिक अपिलमा उनले प्रदर्शनकारीहरूलाई संयमित रहन आग्रह गर्दै भने, “प्रिय Gen Z, तपाईंहरूको हत्याराको राजीनामा आइसकेको छ। अब संयमित हुनुहोला। देशको जनधनको क्षति भनेको तपाईं हाम्रै सम्पत्तिको क्षति हो।”

शाहले देशको नेतृत्व अब जेनजी पुस्ताले लिनुपर्ने समय आएको उल्लेख गर्दै सेना प्रमुखसँग वार्ता गर्न तयार रहन आग्रह गरेका छन्। तर उनले स्पष्ट रूपमा भनेका छन्, “वार्ता गर्नुअघि संसद् विघटन भएको हुनु पर्छ”।

सम्बन्धित (पुरानो)
रवि लामिछाने नख्खु कारागारबाट रिहा

राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति तथा पूर्वगृहमन्त्री रवि लामिछाने नख्खु कारागारबाट आज अपराह्न सकुशल रिहा भएका छन्।

यो पनि पढ्नुहोस्

प्रिय जेनजी दाजुभाइ तथा दिदीबहिनीहरू, सिंहदरबार छोड्नुहोस् — त्यहाँ हाम्रो सम्पूर्ण इतिहास सुरक्षित छ

देश परिवर्तनको मोडमा छ। हामीले आवाज उठायौं, हामीले सडकमै इतिहास लेख्यौं।

प्रधानमन्त्री केपी शर्मा ओलीले दिए राजीनामा

केपी शर्मा ओलीले मंगलबार अपराह्न पदबाट राजीनामा दिएका छन्।

गगन थापाको घरमा आगजनी

नेपाली कांग्रेसका महामन्त्री गगन थापाको रातोपुलस्थित घरमा जेनजी आन्दोलनकारीहरूले आगजनी गरेका छन्।

भैंसेपाटीस्थित मन्त्री क्वार्टरमा सेनाको हेलिकोप्टर, मन्त्री र उनीहरूका परिवारको उद्धार गरिँदै

भैंसापाटीस्थित मन्त्री निवासमा सेनाको हेलिकोप्टर अवतरण गरेको छ।

यो पोस्ट पढेपछि तपाईलाई कस्तो लाग्यो?

सेयर गर्नुहोस्

Comments

0 comments · join the conversation

No comments yet

Be the first to share your thoughts.