रवि लामिछाने नख्खु कारागारबाट रिहा

काठमाडौं, भदौ २४ — राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति तथा पूर्वगृहमन्त्री रवि लामिछाने नख्खु कारागारबाट आज अपराह्न सकुशल रिहा भएका छन्। लामो समयदेखि सहकारी ठगी र संगठित अपराधसम्बन्धी मुद्दामा पुर्पक्षका लागि थुनामा रहेका लामिछानेको रिहाइको खबरले राजधानीमा राजनीतिक तरंग ल्याएको छ।