भैंसेपाटीस्थित मन्त्री क्वार्टरमा सेनाको हेलिकोप्टर, मन्त्री र उनीहरूका परिवारको उद्धार गरिँदै

मंगलबार, २४ भदौ २०८२, १:१२ PM
post-image
२४ भदौ, काठमाडौं । भैंसापाटीस्थित मन्त्री निवासमा सेनाको हेलिकोप्टर अवतरण गरेको छ। मन्त्री क्वार्टरबाहिर प्रदर्शनकारीको भिड जम्मा भई भित्र प्रवेश गर्न खोजेपछि सेनाको हेलिकोप्टर पुगेको हो।
मन्त्री क्वार्टरभित्र नेपाल सरकारका मन्त्री तथा उनीहरूका परिवारका सदस्यहरू रहेका छन्।
मन्त्रीहरू बाहिर निस्कन नसक्ने अवस्था भएको र प्रदर्शनकारी भित्र प्रवेश गर्न खोजेपछि नेपाली सेना उद्धारको लागि पुगेको हो।
नेपाली सेनाले मन्त्री क्वार्टरको सुरक्षा बढाएको छ भने भित्र रहेकाहरूलाई उद्धार गर्ने तयारी गरेको एक प्रहरी अधिकारीले बताए।
यो पोस्ट पढेपछि तपाईलाई कस्तो लाग्यो?

टिप्पणीहरू

Comments

0 comments · join the conversation

No comments yet

Be the first to share your thoughts.

}