प्रधानमन्त्रीको रविमाथि आरोप: भिजिट भिसामा विदेश गए, नेपाली नागरिकता त्यागे, विदेशमै दुई-दुई विवाह गरे, सहकारी ठगी

बुधबार, २८ श्रावण २०८२, २:३४ PM
post-image

प्रधानमन्त्री केपी शर्मा ओलीले बुधबार प्रतिनिधि सभामा सम्बोधन गर्दै राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेमाथि तीव्र आलोचना गरे। तुर्कमेनिस्तान भ्रमणबारे जानकारी दिँदै उनले सहकारी ठगी प्रकरणमा लामिछाने र रास्वपाका सांसदहरूलाई लक्षित गर्दै संसद्‌मा कपटपूर्ण बहस भइरहेको आरोप लगाए।

ओलीले भने, “देशको हितमा बहस हुनुको सट्टा संसद्‌लाई झुठा कथा र सामाजिक सञ्जालका लागि कन्टेन्ट उत्पादन गर्ने थलो बनाउने प्रयास भइरहेको छ।” उनले लामिछानेमाथि सरकारले प्रतिशोध साँधेको भन्ने आरोपलाई अस्वीकार गर्दै अदालतले थुनामा पठाएका अन्य व्यक्तिहरूलाई पनि कानुनी प्रक्रिया अनुसार कारबाही भइरहेको स्पष्ट पारे।

उनले थपे, “सहकारीमा अर्बौं अपचलनका मुद्दामा सयौं व्यक्ति थुनामा छन्। तर एक व्यक्तिमाथि मात्रै ‘राजनीतिक प्रतिशोध’ भन्ने कथा बनाउनु न्यायको हत्या हो।” रवि लामिछानेले भिजिट भिसामा विदेश गएका, नेपाली नागरिकता त्यागेका र विदेशमै दुई विवाह गरेको प्रसंग उठाउँदै ओलीले उनको आचरणप्रति प्रश्न उठाए।

ओलीले संसद्‌मा यस्ता विषयले भ्रम सिर्जना गर्ने र जनताको ध्यान अन्यत्र मोड्ने काम गरिरहेको भन्दै चिन्ता व्यक्त गरे। उनले प्रतिपक्षमा रहे पनि जनताको मत लिएपछि देशप्रति जिम्मेवारी बहन गर्नुपर्ने धारणा राखे।

यो पनि पढ्नुहोस्:
प्रधानमन्त्रीले संसदमा बिशेष सम्बोधन गर्ने

प्रधानमन्त्री केपी शर्मा ओलीले आज प्रतिनिधि सभामा सम्बोधन गर्ने भएका छन् ।

`कुलिङ अफ पिरियड´ प्रकरणमा मुछिएर बिबादित बने पछि रामहरी खतिवडाले दिए समिति सभापतिवाट राजिनामा

अन्तत: राज्य व्यवस्था तथा सुशासन समितिको सभापति पदबाट रामहरि खतिवडाले राजीनामा दिएका छन् ।

रुपन्देही जिल्ला अदालतको आदेश : रवि लामिछाने थुनामै रहने

रुपन्देही जिल्ला अदालतले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापति रवि लामिछानेलाई थुनामै राख्ने आदेश दिएको छ।

रवि लामिछानेमाथि गम्भीर मानव अधिकार उल्लंघन, आयोगको निष्कर्ष

मानव अधिकार उल्लंघन भएको निष्कर्षसहित मानव अधिकार आयोगको टोलीले जेल अनुगमन सम्पन्न गरेको छ।

यो पोस्ट पढेपछि तपाईलाई कस्तो लाग्यो?

टिप्पणीहरू

Comments

0 comments · join the conversation

No comments yet

Be the first to share your thoughts.

}