रुपन्देही जिल्ला अदालतको आदेश : रवि लामिछाने थुनामै रहने
काठमाडौं, २६ साउन । रुपन्देही जिल्ला अदालतले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापति रवि लामिछानेलाई थुनामै राख्ने आदेश दिएको छ।
न्यायाधीश नारायणप्रसाद सापकोटाको इजलासले सुप्रिम सहकारी ठगी र संगठित अपराधसम्बन्धी मुद्दामा बिगो रकम बुझाएर थुनाबाहिर बस्ने उनको माग अस्वीकार गरेको हो।
लामिछानेले आफ्नो दायित्वमा पर्ने दुई करोड ७४ लाख ८४ हजार रुपैयाँ बराबरको धरौटी रकम बुझाएर छाड्न माग गर्दै निवेदन दिएका थिए। उक्त निवेदनमाथि सुनुवाइ गर्दै न्यायाधीश सापकोटाको इजलासले थुनामै राख्न आदेश दिएको हो।
Comments
0 comments · join the conversation
No comments yet
Be the first to share your thoughts.
Add a comment
Your comment will appear after a quick review.
Comment submitted
Thanks! Your comment is in the moderation queue and will appear after verification.
Reply to comment
0 replies
Reply submitted
Thanks! Your reply is in the moderation queue and will appear after verification.