`कुलिङ अफ पिरियड´ प्रकरणमा मुछिएर बिबादित बने पछि रामहरी खतिवडाले दिए समिति सभापतिवाट राजिनामा

अन्तत: राज्य व्यवस्था तथा सुशासन समितिको सभापति पदबाट रामहरि खतिवडाले राजीनामा दिएका छन् ।

Artha Kendra Artha Kendra
मंगलबार, २७ श्रावण २०८२, ५:२ PM
फन्ट
`कुलिङ अफ पिरियड´ प्रकरणमा मुछिएर बिबादित बने पछि रामहरी खतिवडाले दिए समिति सभापतिवाट राजिनामा

काठमाडौं, २७ साउन । अन्तत: राज्य व्यवस्था तथा सुशासन समितिको सभापति पदबाट रामहरि खतिवडाले राजीनामा दिएका छन् ।

मंगलबार संसद् बैठकलाई सम्बोधन गर्दै खतिवडाले राजीनामा दिएका हुन् । 

`कुलिङ अफ पिरियड´ प्रकरणमा मुछिएर बिबादित बने पछि उनले आज राजिनामा दिएका हुन् ।

सो सबन्धमा गठित जीवन परियार नेतृत्वको संसदीय छानबिन समितिले खतिवडालाई नैतिक रूपमा जिम्मेवार ठहराएको थियो।

तर, समितिले आफूलाई दोषी नठहराएको उनले जिकिर भने गरेका छन।

उनले राजिनामा दिदैँ भने, ‘प्रतिवेदनमा जिम्मेवारी भन्ने शब्द प्रयोग गरिएको हुँदा म जिम्मेवारी बोध गर्दै राज्य व्यवस्था तथा सुशासन समितिको सभापतिबाट आज हाँसीहाासी राजीनामा दिएको घोषणा गर्दछु ।’

यो पोस्ट पढेपछि तपाईलाई कस्तो लाग्यो?

सेयर गर्नुहोस्

Comments

0 comments · join the conversation

No comments yet

Be the first to share your thoughts.