नेप्से सँगसँगै मेरोसेयरमा पनि समस्या, इडीआईएस (eDIS) सेवा पनि अवरुद्ध

काठमाडौँ, साउन १२ – नेप्से परिसूचक समायोजनमा देखिएको त्रुटिसँगै आज मेरोसेयर प्रणालीमा पनि समस्या देखिएको छ। सामान्यतः प्रत्येक दिन इडीआईएस (eDIS) अनुमतिहरू बेलुकी ५ बजेसम्म आउने गरे पनि, आज समाचार तयार पार्दासम्म (बेलुका ७:०२२ बजे) समेत धेरै डीपीहरूमा इडीआईएस गर्न नपाइएको लगानीकर्ताहरूले गुनासो गरेका छन्।
जसका कारण लगानीकर्ताले बिक्री गरेका सेयर समयमै इडीआईएस गर्न पाएका छैनन्।
सिडिएससीका प्रवक्ता सुरेश न्यौपानेका अनुसार, नेप्सेको समायोजनमा त्रुटि देखिएको र त्यसको अन्तिम डेटा नआएसम्म इडीआईएस अपडेट गर्न नसकिने भएकाले, अहिले सम्म इडीआईएस गर्न नसकिएको हो।
लगातार देखिने यस्ता प्राविधिक समस्याले लगानीकर्तामा असन्तुष्टि बढाउँदै लगेको छ। बजारको डिजिटल व्यवस्थापन प्रणालीप्रति विश्वास घट्न नदिन सम्बन्धित निकायले समयमै स्थायी समाधान गर्नुपर्ने माग बलियो हुँदै गएको छ।

मध्यरातसम्म नेप्से ३००० कट्ने हो कि !
आज केही कम्पनीहरुको मूल्य समायोजन गर्दा नेप्से ईन्डेक्स गणनामा गम्भीर त्रुटि देखिएको थियो।

बढ्नु पर्नेमै उल्टै घट्यो नेप्से, औसत निकाल्न गडबड भएको आशंका
समायोजन प्रक्रियामै त्रुटि भएको हो कि भन्ने आशंका फैलिएको छ।

नेप्सेको मूल्य समायोजन प्रणालीमा समस्या – के पहिलेको डेटामा पनि विश्वास गर्न नसकिने हो?
आज साउन १२, २०८२ को २ ओटा कम्पनीको समायोजन हेर्दा नेप्सेको यो प्रणालीमै शंका गर्न सकिने ठाउँ देखिएको छ।