नेप्से सँगसँगै मेरोसेयरमा पनि समस्या, इडीआईएस (eDIS) सेवा पनि अवरुद्ध

नेप्से परिसूचक समायोजनमा देखिएको त्रुटिसँगै आज मेरोसेयर प्रणालीमा पनि गम्भीर समस्या देखिएको छ।

Artha Kendra Artha Kendra
सोमबार, १२ श्रावण २०८२, ७:२४ PM
फन्ट
नेप्से सँगसँगै मेरोसेयरमा पनि समस्या, इडीआईएस (eDIS) सेवा पनि अवरुद्ध

काठमाडौँ, साउन १२  – नेप्से परिसूचक समायोजनमा देखिएको त्रुटिसँगै आज मेरोसेयर प्रणालीमा पनि समस्या देखिएको छ। सामान्यतः प्रत्येक दिन इडीआईएस (eDIS) अनुमतिहरू बेलुकी ५ बजेसम्म आउने गरे पनि, आज समाचार तयार पार्दासम्म (बेलुका ७:०२२  बजे) समेत धेरै डीपीहरूमा इडीआईएस गर्न नपाइएको लगानीकर्ताहरूले गुनासो गरेका छन्।

जसका कारण लगानीकर्ताले बिक्री गरेका सेयर समयमै इडीआईएस गर्न पाएका छैनन्।

सिडिएससीका प्रवक्ता सुरेश न्यौपानेका अनुसार, नेप्सेको समायोजनमा त्रुटि देखिएको र त्यसको अन्तिम डेटा नआएसम्म इडीआईएस अपडेट गर्न नसकिने भएकाले, अहिले  सम्म  इडीआईएस गर्न नसकिएको हो।

लगातार देखिने यस्ता प्राविधिक समस्याले लगानीकर्तामा असन्तुष्टि बढाउँदै लगेको छ। बजारको डिजिटल व्यवस्थापन प्रणालीप्रति विश्वास घट्न नदिन सम्बन्धित निकायले समयमै स्थायी समाधान गर्नुपर्ने माग बलियो हुँदै गएको छ।

सम्बन्धित (पुरानो)
नेप्से समायोजन सुधारपछि अन्ततः ७.१० अंकले बढ्यो नेप्से

आजको कारोबार दिनमा सुरुवातमै १२ अंकले उकालो लागेको नेप्से सूचक समायोजनको प्रक्रियाबाट त्रुटीभइ  २ अंकले घटेको देखिएपनि अन्ततः नेप्सेले  समायोजन सुधार गरेको छ।

यो पनि पढ्नुहोस्

यो पोस्ट पढेपछि तपाईलाई कस्तो लाग्यो?

सेयर गर्नुहोस्

Comments

0 comments · join the conversation

No comments yet

Be the first to share your thoughts.