नेप्से समायोजन सुधारपछि अन्ततः ७.१० अंकले बढ्यो नेप्से

आजको कारोबार दिनमा सुरुवातमै १२ अंकले उकालो लागेको नेप्से सूचक समायोजनको प्रक्रियाबाट त्रुटीभइ  २ अंकले घटेको देखिएपनि अन्ततः नेप्सेले  समायोजन सुधार गरेको छ।

Artha Kendra Artha Kendra
सोमबार, १२ श्रावण २०८२, ६:१५ PM
फन्ट
नेप्से समायोजन सुधारपछि अन्ततः ७.१० अंकले बढ्यो  नेप्से

काठमाडौँ, साउन १२  –  आजको कारोबार दिनमा सुरुवातमै १२ अंकले उकालो लागेको नेप्से सूचक समायोजनको प्रक्रियाबाट त्रुटीभइ  २ अंकले घटेको देखिएपनि अन्ततः नेप्सेले  समायोजन सुधार गरेको छ। समायोजन पछि नेप्से सूचक ७.१० अंकले बढेर २,९७१.३१ विन्दुमा पुगेर बन्द भएको छ।

आजको कुल कारोबार रकम १९ अर्ब ३६ करोड रुपैयाँ नाघेको छ भने ४ करोड ४१ लाखभन्दा बढी कित्ता सेयर कारोबार भएको छ।

नेप्सेले स्वचालित प्रणालीमार्फत समायोजन हुने प्रक्रियामा त्रुटि देखिएको भन्ने विषयलाई लिएर लगानीकर्ताहरूले यसलाई केवल सामान्य प्राविधिक त्रुटिका रूपमा पन्छाउन नमिल्ने र विस्तृत अनुसन्धान हुनुपर्ने माग गरेका छन्।

यो पोस्ट पढेपछि तपाईलाई कस्तो लाग्यो?

सेयर गर्नुहोस्

Comments

0 comments · join the conversation

No comments yet

Be the first to share your thoughts.