नेप्सेको मूल्य समायोजन प्रणालीमा समस्या – के पहिलेको डेटामा पनि विश्वास गर्न नसकिने हो?
नेप्सेले सम्भावित बजारको चलखेल रोक्नको लागि अन्तिम १५ मिनेटको मूल्य समायोजन हुने प्रणाली केही समयदेखि लागू गर्दै आएको थियो। थोरै सेयर भएका कम्पनीलाई अन्तिमको १–२ सेकेन्डमा सर्किट लगाएर बजारमा चलखेल बढेको गुनासो सम्बोधन गर्न नेप्सेले यो प्रणाली लागू गरेको थियो। यद्यपि यो प्रणालीलाई स्वागत तथा विरोध दुबै भएको देख्न सकिन्थ्यो बजारमा।
तर आज साउन १२, २०८२ को २ ओटा कम्पनीको समायोजन हेर्दा नेप्सेको यो प्रणालीमै शंका गर्न सकिने ठाउँ देखिएको छ। विशेषगरी ट्रेड टावर लिमिटेड (TTL) र सान्वी इनर्जी लिमिटेड (SANVI) को मूल्य समायोजनमा त्रुटि देखिएको नेप्सेले आधिकारिक रूपमा वेबसाइटमा सूचना राखेको छ।
अन्तिमको १५ मिनेटमा ट्रेड टावरको कारोबार उच्च मूल्यमै भएको देखिन्छ तर पनि १५ मिनेटको समायोजन हुँदा ७८४.३ मा अन्तिम मूल्य हुनु पर्नेमा मूल्य घटेर ७८०.९४ भएको देखिन्छ। त्यसैगरी सान्वी इनर्जीको पनि उस्तै देखिन्छ। बीचमा एउटा अड लट (Odd Lot) कारोबारको बाहेक सबै कारोबार उच्च मूल्यमै भएको सान्वीको पनि देखिन्छ। यसको पनि मूल्य ६९९.१० हुनु पर्नेमा घटेर ६९८.६२ भएको देखिन्छ।
साथै, आज १२ अंकभन्दा बढी बढेको नेप्से २ समायोजनपछि २ अंक घटेको छ।
क्लोज मूल्य अन्तिम १५ मिनेटको प्रति कित्ता औसत कारोबारको आधारमा निकालिने गरिन्छ जसमा अड लटको कारोबार समावेश हुदैन। यो एउटा फर्मुलामा आधारित हुन्छ र सिस्टमले यसलाई फर्मुलाको आधारमा स्वतः गणना गर्छ अर्थात मानिसले आफैं गणना गर्ने प्रणाली होइन यो। अब प्रश्न यो उठ्छ कि आज यो प्रणालीले गलत हिसाब निकाल्यो भने चैत ७ गते यताका सबै समायोजनमा शंका गर्न सकिन्छ र यसको छानबिन हुनु पर्ने पनि जरुरी छ।
यसै बीच नेप्सेले यो मूल्य समायोजन निकाल्न बजार बन्द भएपछि २० मिनेट लागाउने गरेको भनेर आलोचना पनि हुँदै आएको थियो। यस विषयमा सम्बन्धित निकायको ध्यान पुग्नु जरुरी छ। नेप्सेको पुनः संरचना को बहस चलिरहँदा यस्ता सामान्य कुरामा त्रुटि देखिँदा थप आशंका पैदा गरेको छ।
यस विषयमा नेप्सेले अध्ययन गरिरहेको छ र यसबारेमा विस्तृत सूचना भने आउन बाँकी छ।

-Nepse Notice

- CLose Price On Nepse (TTL)

- TTL FLoorsheet

- SANVI Close price on NEPSE

- SANVI Floorsheet
Comments
0 comments · join the conversation
No comments yet
Be the first to share your thoughts.
Add a comment
Your comment will appear after a quick review.
Comment submitted
Thanks! Your comment is in the moderation queue and will appear after verification.
Reply to comment
0 replies
Reply submitted
Thanks! Your reply is in the moderation queue and will appear after verification.