मध्यरातसम्म नेप्से ३००० कट्ने हो कि !

आज केही कम्पनीहरुको मूल्य समायोजन गर्दा नेप्से ईन्डेक्स गणनामा गम्भीर त्रुटि देखिएको थियो।

Artha Kendra Artha Kendra
सोमबार, १२ श्रावण २०८२, ७:१७ PM
फन्ट
मध्यरातसम्म नेप्से ३००० कट्ने हो कि !

काठमाडौँ, साउन १२ – लगानीकर्ता तथा सामाजिक सञ्जालमा सक्रिय, लगानीकर्ता तथा विश्लेषक, शिव चन्द्रले नेप्सेमा देखिएको आजको समायोजन त्रुटिमाथि व्यंग्य गर्दै एक फेसबुक पोस्ट गरेका छन्।

पोस्टमा उनले लेखेका छन्,
"✍️ लगानीकर्ता मित्रहरु चनाखो भएर छिनछिनमा वेबसाइट रिफ्रेश गर्दै गरम् है, कतै मध्यरात सुत्ने बेलासम्म नेप्से ईन्डेक्स ३००० नै पो कटिसक्छ कि ! थैन्कु 😍💃🕺"

उनको उक्त पोस्ट अहिले सामाजिक सञ्जालमा व्यापक चर्चामा रहेको छ।

नेप्से समायोजनको प्रक्रियामा त्रुटी देखिएपछि बजारप्रति असन्तुष्टि र आलोचना बढिरहेको बेला शिव चन्द्रको यस व्यंग्यात्मक टिप्पणीले धेरै लगानीकर्ताको भावना झल्काएको छ।

आज केही कम्पनीहरुको मूल्य समायोजन गर्दा नेप्से ईन्डेक्स गणनामा गम्भीर त्रुटि देखिएको थियो।

सम्बन्धित (पुरानो)
बढ्नु पर्नेमै उल्टै घट्यो नेप्से, औसत निकाल्न गडबड भएको आशंका

समायोजन प्रक्रियामै त्रुटि भएको हो कि भन्ने आशंका फैलिएको छ।

यो पनि पढ्नुहोस्

यो पोस्ट पढेपछि तपाईलाई कस्तो लाग्यो?

सेयर गर्नुहोस्

Comments

0 comments · join the conversation

No comments yet

Be the first to share your thoughts.