बढ्नु पर्नेमै उल्टै घट्यो नेप्से, औसत निकाल्न गडबड भएको आशंका

समायोजन प्रक्रियामै त्रुटि भएको हो कि भन्ने आशंका फैलिएको छ।

Artha Kendra Artha Kendra
सोमबार, १२ श्रावण २०८२, ५:२५ PM
फन्ट
बढ्नु पर्नेमै उल्टै घट्यो नेप्से, औसत निकाल्न गडबड भएको आशंका

काठमाडौं, साउन १२ — आज प्रारम्भमा १२ अंकले उकालो लागेको नेप्से सूचक समायोजनपछि आउँदा २ अंकले घटेको देखिएको छ। सुरुमा धेरै लगानीकर्ताले यो सामान्य समायोजन प्रक्रिया नै हो भनेर बुझेका थिए। तर, दिनभर सकारात्मक सर्किट हानेका कम्पनीहरूको मूल्यसमेत समायोजनपछि घटेर देखिन थालेपछि समायोजन प्रक्रियामै त्रुटि भएको हो कि भन्ने आशंका फैलिएको छ।

विशेषतः ट्रेड टावर लिमिटेडसान्वी इनर्जी जस्ता कम्पनीहरूमा दिनभर सकारात्मक सर्किट लागेको भए पनि मूल्य समायोजन हुदा ती कम्पनीहरूको मूल्य घटेको देखिएको हो। यही प्रकृतिको समस्या हाइड्रोइलेक्ट्रिसिटी इन्भेस्टमेन्ट एन्ड डेभलपमेन्ट कम्पनी लिमिटेड (HIDCLP) मा पनि देखिएको छ।

नेप्से सूचकको अन्तिम कारोबार मूल्य समायोजित मूल्यकै आधारमा निर्धारण हुने भएकाले समग्र सूचकमा नै त्रुटि आएको हुन सक्ने आशंका लगानीकर्ताबीच देखा परेको हो। नेप्सेले यसको स्पष्ट जानकारी अहिलेसम्म सार्वजनिक नगरेकोले बजारमा अन्योलता बढेको छ।

धेरै लगानीकर्ताले स्वचालित प्रणालीमा यसरी गणनामा त्रुटि आउनु गम्भीर समस्या भएको भन्दै यसको उचित छानबिन हुनु पर्ने माग राखेका छन्।

यो पनि पढ्नुहोस्

यो पोस्ट पढेपछि तपाईलाई कस्तो लाग्यो?

सेयर गर्नुहोस्

Comments

0 comments · join the conversation

No comments yet

Be the first to share your thoughts.