रवि लामिछानेविरुद्ध उजुरी नै नदिएको मलाई सर्वोच्चले किन वादी बनायो? - नारायण पहराई
काठमाडौं, २०८१ जेठ १२ गते । सहकारी ठगी प्रकरणमा आफ्नो नाम दुरुपयोग भएको भन्दै नारायण पहराईले सर्वोच्च अदालतको पछिल्लो आदेशप्रति गम्भीर आपत्ति जनाएका छन्। रवि लामिछानेको बन्दी प्रत्यक्षीकरण मुद्दामा सर्वोच्च अदालतले दिएको आदेशमा समेत आफ्नो नाम वादीका रूपमा उल्लेख गरिएको पाइएपछि पहराईले तीव्र आक्रोश व्यक्त गरेका हुन्।
सामाजिक सञ्जालमार्फत आफ्नो भनाइ सार्वजनिक गर्दै पहराईले आफूलाई यो देशमा बाँच्ने अधिकार नभएको हो कि भन्दै प्रश्न गरेका छन्। उनले सरकारले आफूप्रति प्रतिशोध साँधेको आरोप लगाउँदै आफू जाहेरीकर्ता नभएको कुरा पटक-पटक बताउँदा पनि आफ्नो नाम दुरुपयोग गरिएको गुनासो गरेका छन्।
"मैले यसअगाडि पनि जाहेरीकर्ता नभएको सादा निवेदनलाई जाहेरी बनाएर मेरो नाम दुरुपयोग गरेको जानकारी गराएकै थिएँ," पहराईले भनेका छन्, "हिजो सर्वोच्च अदालतबाट आएको आदेशमा पनि मेरै नाम उल्लेख गरी वादी बनाएर राखिएको रहेछ।"
आफूले कुनै पनि उजुरी नदिएको अवस्थामा कसरी उजुरीकर्ता वा वादी बनाइयो भन्दै उनले प्रश्न गरेका छन्। "मेरो तर्फबाट दिँदै नदिएको उजुरीलाई उजुरीकर्ता बनाउन पाइन्छ र? एउटा निवेदनलाई कुन आधारमा उजुरीकर्ता बनाइयो?" पहराईको प्रश्न छ, "सयौं बचतकर्ताको निवेदन थियो, मेरै निवेदनलाई उजुरी कसरी बनाइयो?"
पहराईले यस विषयमा कानुनी उपचार खोजिरहेको पनि बताएका छन्। विशेष गरी, रवि लामिछाने थुनामा परेको विषयमा आफ्नो नाम जोडेर आएका खबरप्रति उनले असन्तुष्टि व्यक्त गरेका छन्। "मेरै कारणले रवि लामिछाने थुनामा परेका हुन् भने म यो पापको भारी बोक्न चाहन्नँ," उनले भावुक हुँदै भने, "कृपया दया गरी मेरो उजुरीकर्ताबाट नाम हटाइदिनुहुन विनम्रताका साथ अनुरोध छ।"
उनले आफू मात्र नभई अन्य धेरै बचतकर्ताहरूलाई पनि जानकारी नै नदिई उजुरीकर्ता बनाइएको खुलासा गरेका छन्। "यस बारेमा अब सबैले बोल्नुपर्छ," पहराईले आह्वान गरे, "राज्यले अति होइन, अत्याचार नै गर्यो।"
यस्तो छ सर्वोच्चको आदेश : रवि र छविलाल दुवै थुनामै रहने (पूर्णपाठ)
राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने र पूर्वडीआईजी छविलाल जोशीलाई थुनामुक्त गर्न नपर्ने आदेश सर्वोच्च अदालतले जारी गरेको छ।
रवि लामिछाने थुनामुक्त नहुने सर्वोच्चको निर्णय, उच्च अदालतको आदेश सदर
सर्वोच्च अदालतले पूर्व गृहमन्त्री रवि लामिछानेलाई थुनामा पठाउने उच्च अदालत बुटवलको आदेश सदर गर्दै थुनामुक्त गर्न माग गरिएको उनकी पत्नी निकिता पौडेलको बन्दीप्रत्यक्षीकरण निवेदन खारेज गरेको छ।
भाग्न हेलिकोप्टर ठिक पार्नु भन्ने कुरा उत्ताउलो: प्रधानमन्त्री
प्रधानमन्त्री एवं नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले जनताको हक अधिकार र मुलुकको स्वाधिताको रक्षा गर्दै सबै प्रकारको प्रतिगमनका कुचेष्टा रोक्ने अभियानको अग्रभागमा एमाले पार्टी रहेको बताएका छन्।
नेपाल राष्ट्र बैंकको १८ औं गभर्नरमा प्रा. डा. विश्वनाथ पौडेल नियुक्त
नेपाल राष्ट्र बैंकको १८ औं गभर्नरमा प्रा. डा. विश्वनाथ पौडेल नियुक्त भएका छन्।
Comments
0 comments · join the conversation
No comments yet
Be the first to share your thoughts.
Add a comment
Your comment will appear after a quick review.
Comment submitted
Thanks! Your comment is in the moderation queue and will appear after verification.
Reply to comment
0 replies
Reply submitted
Thanks! Your reply is in the moderation queue and will appear after verification.