नेपाल राष्ट्र बैंकको १८ औं गभर्नरमा प्रा. डा. विश्वनाथ पौडेल नियुक्त
काठमाडौं, ६ जेठ । नेपाल राष्ट्र बैंकको १८औं गभर्नरका रूपमा प्रा. डा. विश्वनाथ पौडेल नियुक्त भएका छन्। मंगलवार साँझ बसेको मन्त्रिपरिषद् बैठकले उनलाई गभर्नर नियुक्त गर्ने निर्णय गरेसँगै, बैंकको नेतृत्वमा लामो समयदेखि देखिएको अन्योलको स्थिति अन्त्य भएको छ। यसअघि अपराह्न बसेको उपप्रधानमन्त्री तथा अर्थमन्त्री विष्णु पौडेल नेतृत्वको सिफारिस समितिले तीन जनाको नाम गभर्नरका लागि सिफारिस गरेको थियो। ती नामहरूमा प्रा. डा. विश्वनाथ पौडेल, कार्यवाहक गभर्नर नीलम ढुंगाना तिम्सिना, र पूर्वसचिव दिनेश भट्टराई थिए। तीमध्ये पहिलो नम्बरमा रहेका पौडेललाई मन्त्रिपरिषद्ले गभर्नरमा नियुक्त गर्ने निर्णय लिएको हो।
पूर्व गभर्नर महाप्रसाद अधिकारीको कार्यकाल चैत २४ गते सकिएपछि राष्ट्र बैंकको गभर्नर पद खाली थियो। त्यसयता सत्ता साझेदार दलहरूबीच गभर्नर नियुक्तिका विषयमा लगातार रस्साकस्सी चलिरहेकाले बैंकको नेतृत्व अन्योलमा थियो। अन्ततः मन्त्रिपरिषद्को निर्णयसँगै स्थायी नेतृत्वको सुनिश्चितता भएको हो।
सरकारका प्रवक्ता पृथ्वी सुब्बा गुरुङले मन्त्रिपरिषद्को निर्णय सार्वजनिक गर्दै पौडेलको नियुक्तिको जानकारी दिएका हुन्। साथै, गभर्नर नियुक्तिको विषयलाई लिएर उत्पन्न भएको भनिएको सत्ता संकट पनि अन्त्य भएको छ।
Comments
0 comments · join the conversation
No comments yet
Be the first to share your thoughts.
Add a comment
Your comment will appear after a quick review.
Comment submitted
Thanks! Your comment is in the moderation queue and will appear after verification.
Reply to comment
0 replies
Reply submitted
Thanks! Your reply is in the moderation queue and will appear after verification.