प्रधानमन्त्री ओलीलाई बालेनको प्रश्न: "के तपाईँको सुशासनको अर्थ बालिकाको मृत्यु भएपछि गोहीको आँसु र १ लाख हो?"

काठमाडौंका मेयर बालेन शाहले प्रधानमन्त्री केपी शर्मा ओलीलाई गम्भीर प्रश्न गरेका छन्।

Artha Kendra Artha Kendra
आइतबार, १६ भदौ २०८१, ७:३४ PM
फन्ट
प्रधानमन्त्री ओलीलाई बालेनको प्रश्न: "के तपाईँको सुशासनको अर्थ बालिकाको मृत्यु भएपछि गोहीको आँसु र १ लाख हो?"

काठमाडौंका मेयर बालेन शाहले प्रधानमन्त्री केपी शर्मा ओलीलाई गम्भीर प्रश्न गरेका छन्। आज सामाजिक सञ्जाल फेसबुकमा स्टाटस लेख्दै उनले यो प्रश्न गरेका हुन्।

एमाले सांसद रेखा शर्माले नाबालिकालाई घरेलु कामदार राखेर बन्धक बनाएर कुटपिट गरेको सन्दर्भ उठाउँदै केपी ओलीलाई अदालतले आदेश दिँदा पनि किन कारबाही गर्न नसकेको, यही हो तपाईँको सुशासन भन्दै प्रश्न गरेका हुन्।

"के तपाईँको सुशासन बालिकाको मृत्यु भइसकेपछि सामाजिक सञ्जालमा गोहीका आँसु झार्दै १ लाख क्षतिपूर्ति दिने हो?" भन्दै गम्भीर प्रश्न गरेका छन्।

उनी लेख्छन्, "वहाँ हुनुहुन्छ नेकपा एमालेकी प्रदेश सांसद रेखा शर्मा। वहाँले विगत ८ वर्षदेखि बन्धक बनाएर एक जना नाबालिकालाई घरेलु कामदारको नाममा हिंसा गर्दै आउनुभएको छ, दैनिक रूपमा कुटपिट गर्दै आउनुभएको छ। काठमाडौं महानगरले विगत २ महिनादेखि कारबाही अघि बढाउनु भन्दा पनि यो सरकारले समाएको छैन। अदालतले पनि मुद्दा चलाउ भनेर भनी सकेको छ।

सम्माननीय प्रधानमन्त्री खड्ग प्रसाद ओलीज्यू,
सुशासन भनेको अदालतले पनि समाउ भनेको तपाईँको सांसद रेखा शर्मा, जसलाई बाल शोषण गरेको मुद्दा छ, समाउनलाई भन्दछ।
सायद तपाईँको लागि सुशासनको अर्थ सो बालिकाको मृत्यु पछि गोहीको आँसु चुहाएर फेसबुकमा समवेदना दिँदै एक लाख घोषणा गर्नु नै होला।"

 

यो पनि पढ्नुहोस्

बालेनको कमेन्टले केपी ओली मालामाल कट्यो ५० हजार रियाक्सन

काठमाडौंका मेयर बालेन्द्र शाह उर्फ बालेनले कमेन्ट गर्दा पूर्व प्रधानमन्त्री केपी ओलीकाे फेसबुक पोस्ट मा रियाक्सन, कमेन्ट र शेयरको बाढी आएको छ।

केपी ओली बने नेपालमै उत्पादित हाइड्रोजनबाट चल्ने कार चढ्ने पहिलो प्रधानमन्त्री

प्रधानमन्त्री केपी शर्मा ओलीले नेपालमै उत्पादन गरिएको ग्रीन हाइड्रोजन इन्धनबाट चल्ने कारमा सवार भएका छन्।

बालेनलाई अनेरास्ववियूका अध्यक्षको चेतावनी– भारतीय खुफिया एजेन्सीको निर्देशनमा जनताको आँखामा छारो नहाल्नू

नेकपा एमालेको भातृ संगठन अखिल नेपाल राष्ट्रिय स्वतन्त्र युनियन (अनेरास्ववियू) का अध्यक्ष समिक बडालले काठमाडौँ महानगरपालिकाका मेयर बालेन्द्र शाह (बालेन) माथि गम्भीर आरोप लगाएका छन्।

यो पोस्ट पढेपछि तपाईलाई कस्तो लाग्यो?

सेयर गर्नुहोस्

Comments

0 comments · join the conversation

No comments yet

Be the first to share your thoughts.