बालेनको कमेन्टले केपी ओली मालामाल कट्यो ५० हजार रियाक्सन

मंगलबार, २२ जेठ २०८१, ८:२९ AM
post-image

काठमाडौंका मेयर बालेन्द्र शाह उर्फ बालेनले कमेन्ट गर्दा पूर्व प्रधानमन्त्री केपी ओलीकाे फेसबुक पोस्ट मा रियाक्सन, कमेन्ट र शेयरको बाढी आएको छ।

उनका पछिल्ला पोस्ट हेर्ने हो भने औषतमा ५-६ हजार रियाक्ट आएको देखिन्छ तर उनको पछिल्लो पोस्ट जहाँ उनले आफ्नो र श्रीमती राधिकाको गोसाइँकुण्ड जाँदाको पुरानो तस्बिर पोस्ट गरेका छन्, उक्त पोस्ट मा अत्याधिक रियाक्सन आएको देखिन्छ। सोही पोस्ट मा बलेनले गुड नाइट केपी बा भन्दै कमेन्ट गरेका छन्। उनको कमेन्टमा भने ८० हजार भन्दा बढी रियाक्ट आएको देखिन्छ तर सोही पोस्टमा भने यो समाचार तयार पार्दा सम्म ५२ हजार रियाक्सन छ।

यसले बालेनकाे क्रेज र फ्यान फलो कति छ भन्ने झल्को देखिन्छ। कमेन्ट सेक्सन मा अन्य व्यक्तिका पनि रमाइला कमेन्ट देख्न सकिन्छ। एकजना लेख्छन् "मेयर ज्यू दिनभरि निद्रा हराम गर्दिने अनि राती गुड नाइट भनेर हुन्छ"।

यो पोस्ट पढेपछि तपाईलाई कस्तो लाग्यो?

टिप्पणीहरू

Comments

0 comments · join the conversation

No comments yet

Be the first to share your thoughts.

}