बालेनलाई अनेरास्ववियूका अध्यक्षको चेतावनी– भारतीय खुफिया एजेन्सीको निर्देशनमा जनताको आँखामा छारो नहाल्नू

आइतबार, १६ भदौ २०८१, १०:१९ PM
post-image

नेकपा एमालेको भातृ संगठन अखिल नेपाल राष्ट्रिय स्वतन्त्र युनियन (अनेरास्ववियू) का अध्यक्ष समिक बडालले काठमाडौँ महानगरपालिकाका मेयर बालेन्द्र शाह (बालेन) माथि गम्भीर आरोप लगाएका छन्।

उनले बालेनले लाजिम्पाटस्थित होटल सांग्रिलाको पछाडि रहेको घर भाडामा लिएर भारतीय खुफिया एजेन्सीको निर्देशनमा काम गर्दै नेपाली जनतालाई भ्रममा पार्ने प्रयास गरिरहेको दाबी गरेका छन्।

सामाजिक सञ्जालमा बडालले बालेनलाई यस गतिविधिलाई तुरुन्त रोक्न आग्रह गर्दै, नेपाली जनताले छिट्टै उनको वास्तविकता बुझ्ने चेतावनी दिएका छन्। उनले फेसबुकमा लेखेका छन्, ‘काठमाण्डौ महानगरको मेयर बालेनजि साङ्ग्रिला होटेल पछाडी घर भाडा लिएर दैनिक भारतिय खुबिया एजेन्सीसगको निर्देशनमा नेपाली जनताको आखामा छारो हाल्न बन्द गर्नुस्। नेपाली जनताले तपाइको असलियत बुझ्ने दिन धेरै टाढा छैन्।’

यसैबीच, मेयर शाहले पनि नेकपा एमालेकी प्रदेश सांसद रेखा शर्माको फोटो सार्वजनिक गर्दै, नाबालिगमाथि ८ वर्षसम्म भएको हिंसामा किन कुनै कारबाही नगरेको भनेर प्रश्न गरेका छन्। बालेनले ओलीलाई प्रश्न गर्दै उक्त पोस्ट गरेको केही समयपछि समिकले बालेनमाथि आरोप लगाउँदै यो पोस्ट गरेका हुन्।

यो पनि पढ्नुहोस्:
केपी ओली बने नेपालमै उत्पादित हाइड्रोजनबाट चल्ने कार चढ्ने पहिलो प्रधानमन्त्री

प्रधानमन्त्री केपी शर्मा ओलीले नेपालमै उत्पादन गरिएको ग्रीन हाइड्रोजन इन्धनबाट चल्ने कारमा सवार भएका छन्।

अहिलेको सरकार भातरोटी खान्छ, घुस खाँदैन : प्रधानमन्त्री ओली

प्रधानमन्त्री केपी शर्माले ओलीले अहिलेको सरकार मुलुकमा स्थिरता र विकासका लागि गठन भएकाले यसले संविधान र कानुनविपरीत अपराधीलाई छुट दिन वा निर्दोषलाई फसाउन कुनै पनि दबाब नदिने स्पष्ट गरेका छन् । 

सुमनाको प्रधानमन्त्री ओलीलाई प्रश्न- त्रिविको नीति तथा कार्यक्रम किन रोक्नु भयो ?

पुर्व शिक्षामन्त्री तथा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) की सांसद सुमना श्रेष्ठले कुलपति समेत रहेका प्रधानमन्त्री केपी शर्मा ओलीले त्रिभुवन विश्वविद्यालयको नीति तथा कार्यक्रम रोकेको आरोप लगाएकी छन् ।

ओली नियुक्तिविरुद्धको रिट संवैधानिक इजलासमा पठाउन आदेश

सर्वोच्च अदालतले एमाले अध्यक्ष केपी शर्मा ओलीलाई संविधानको धारा ७६ (२)बमोजिम प्रधानमन्त्री नियुक्त गरिएको भन्दै परेको रिट निवेदनको टुंगो संवैधानिक परिषद्‌बाट लाग्नुपर्ने आदेश गरेको छ ।

यो पोस्ट पढेपछि तपाईलाई कस्तो लाग्यो?

टिप्पणीहरू

Comments

0 comments · join the conversation

No comments yet

Be the first to share your thoughts.

}