जलविद्युत् र पूर्वाधारलाई जलवायु उत्थानशील बनाउन एकीकृत योजना बनाइने
ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालय र राष्ट्रिय योजना आयोगले बाढी तथा अन्य विपद्बाट क्षतिग्रस्त जलविद्युत् तथा पूर्वाधारको पुनर्निर्माणलाई सुरक्षित र जलवायु उत्थानशील बनाउने गरी एकीकृत योजना अघि बढाउने सहमति गरेका छन् ।