मौसम पूर्वानुमान महाशाखाले भन्यो- असोज १७ देखि भीषण वर्षा हुन्छ भन्ने हल्ला भ्रामक
नेपाल मौसम विज्ञान विभागको मौसम पूर्वानुमान महाशाखाले असोज १७ गतेदेखि तीन दिन भीषण वर्षा हुने भनेर फैलाइएको हल्ला भ्रामक रहेको बताएको छ ।
काठमाडौं । नेपाल मौसम विज्ञान विभागको मौसम पूर्वानुमान महाशाखाले असोज १७ गतेदेखि तीन दिन भीषण वर्षा हुने भनेर फैलाइएको हल्ला भ्रामक रहेको बताएको छ ।
महाशाखाले मंगलबार अपराह्न सूचना जारी गर्दै भीषण वर्षासम्बन्धी यस्ता भ्रामक खबरको पछि नलाग्न र त्यस्ता सामग्री नफैलाउन सर्वसाधारणलाई अनुरोध गरेको छ ।
सर्वसाधारणले असोज १७ गतेदेखि भीषण वर्षा हुने भन्दै विभागमा सोधपुछ गरेको र त्यसप्रति विभागको गम्भीर ध्यानाकर्षण भएको सूचनामा उल्लेख छ ।
महाशाखाले भनेको छ, ‘हाल सर्वसाधारणबाट असोज १७ गतेदेखि ३ दिनका लागि भीषण वर्षा हुन्छ भनेर धेरै सोधपुछ भएको बारे यस विभागको ध्यानाकर्षण भएको छ। नेपाल मौसम विज्ञान विभागअन्तर्गतको मौसम पूर्वानुमान महाशाखाले यस्तो कुनै पनि पूर्वानुमान नगरेको र मौसमी गतिविधिमा खासै फेरबदल नपाइएकाले यस्ता भ्रामक खबरको पछि नलाग्न/नफैलाउन नेपाल मौसम विज्ञान विभाग विनम्र अनुरोध गर्दछ।’
साथै, महाशाखाले सम्पूर्ण जनतालाई मौसम पूर्वानुमान महाशाखाको वेबसाइट तथा आधिकारिक सामाजिक सञ्जालमार्फत अद्यावधिक जानकारी लिन अनुरोध गरेको छ ।
Comments
0 comments · join the conversation
No comments yet
Be the first to share your thoughts.
Add a comment
Your comment will appear after a quick review.
Comment submitted
Thanks! Your comment is in the moderation queue and will appear after verification.
Reply to comment
0 replies
Reply submitted
Thanks! Your reply is in the moderation queue and will appear after verification.