दसैँमा पर्यटकीय गन्तव्यमा पर्यटन बोर्डले लिङ्गे पिङ बनाउने

नेपालीहरूको महान् पर्व बडादसैँको अवसरमा मौलिक संस्कृति र परम्परालाई पर्यटनसँग जोड्दै नेपाल पर्यटन बोर्डले देशका विभिन्न पर्यटकीय गन्तव्यमा लिङ्गे पिङ निर्माण तथा सञ्चालन गर्ने भएको छ ।

Artha Kendra Artha Kendra
मंगलबार, २० असोज २०८३, ९:१८ PM
—
फन्ट
दसैँमा पर्यटकीय गन्तव्यमा पर्यटन बोर्डले लिङ्गे पिङ बनाउने

काठमाडौं । नेपालीहरूको महान् पर्व बडादसैँको अवसरमा मौलिक संस्कृति र परम्परालाई पर्यटनसँग जोड्दै नेपाल पर्यटन बोर्डले देशका विभिन्न पर्यटकीय गन्तव्यमा लिङ्गे पिङ निर्माण तथा सञ्चालन गर्ने भएको छ ।

बोर्डको पर्यटन सम्पदा तथा पर्यटन विकास महाशाखाले काठमाडौं उपत्यकासहित विभिन्न पर्यटकीय क्षेत्रमा स्थानीय तह तथा पर्यटनसम्बद्ध संघसंस्थासँगको सहकार्यमा पिङ निर्माण गर्न लागेको हो ।

यसका लागि ललितपुर महानगरपालिका, कीर्तिपुर नगरपालिका, चाँगुनारायण नगरपालिका, भक्तपुर पर्यटन विकास समिति, ठमेल पर्यटन विकास समिति, टान, होटल संघ नेपाललगायत विभिन्न प्रदेशका होटल तथा पर्यटन व्यवसायी संघसंस्थासँग सहकार्य गरिएको बोर्डले जनाएको छ ।

सम्झौताअनुसार पर्यटकको आवागमन बढी हुने तथा सांस्कृतिक गतिविधिका लागि उपयुक्त स्थानमा पिङ निर्माण गरी दसैँ अवधिभर सञ्चालन गरिनेछ। पिङ सञ्चालन गर्दा सुरक्षा, भीड व्यवस्थापन तथा दुर्घटना न्यूनीकरणका उपाय अनिवार्य रूपमा अपनाउनुपर्ने व्यवस्था गरिएको छ ।

दसैँको कार्यक्रम सकिएपछि पिङ हटाई निर्माणस्थललाई पूर्ववत् अवस्थामा फर्काउने जिम्मेवारी सम्बन्धित पक्षको हुनेछ । बोर्डले मौलिक संस्कृति र परम्पराको संरक्षणसँगै सांस्कृतिक पर्यटन प्रवर्द्धन गर्ने उद्देश्यले यो कार्यक्रम अघि बढाएको जनाएको छ

यो पोस्ट पढेपछि तपाईलाई कस्तो लाग्यो?

सेयर गर्नुहोस्

Comments

0 comments · join the conversation

No comments yet

Be the first to share your thoughts.