Quick links
करिब १२ वर्षदेखि विभिन्न प्रक्रियागत समस्याका कारण अल्झिएको हेटौंडा–ढल्केबर ४०० केभी प्रसारण लाइन आयोजना निर्माणको निर्णायक चरणमा पुगेको छ ।
नेपाल मौसम विज्ञान विभागको मौसम पूर्वानुमान महाशाखाले असोज १७ गतेदेखि तीन दिन भीषण वर्षा हुने भनेर फैलाइएको हल्ला भ्रामक रहेको बताएको छ ।
नारायणी नदीको पुलको छेउमा अड्किएको राइनो क्रुज निकाल्ने प्रयास शुरु गरिएको छ ।
मनाङको हिम्लुङ हिमालको आधार शिविर क्षेत्रमा हिमपहिरोमा परेका दुई जनाको शव फेला परेको छ ।
अविरल वर्षा, हावाहुरी, बाढीपहिरो र चट्याङका कारण विद्युत् प्रसारण तथा वितरण संरचनामा क्षति पुगेपछि मनाङ, मुस्ताङ, म्याग्दी र बागलुङमा विद्युत् आपूर्ति पूर्ण रूपमा अवरुद्ध भएको छ।
मकवानपुरको कुलेखानी जलाशय (इन्द्रसरोवर) मा पानीको सतह बढिरहेको छ ।
मुग्लिन–नारायणगढ सडकखण्डअन्तर्गत सिमलतालमा त्रिशूली नदीको बाढीका कारण सडकको करिब आधा भाग भासिएपछि एकतर्फी भएको छ ।
कोशी नदीमा पानीको सतह अत्यन्तै ठूलो खतरा स्तरमा पुगेको छ । हाल कोशी ब्यारेजमा पानीको प्रवाह प्रतिसेकेन्ड ३ लाख १७ हजार ७९५ क्युसेक पुगेको छ ।
नेपालभर देखिएको प्रतिकूल मौसमका कारण आन्तरिक उडान प्रभावित भएका छन् ।
लगातारको वर्षाका कारण पहिरो गएर विभिन्न स्थानमा सडक अवरुद्ध भएपछि पृथ्वी राजमार्गमा सवारीसाधनको आवागमन पूर्ण रूपमा रोक लगाइएको छ।
.. ..