काठमाडौंका यी क्षेत्रमा १२ दिनसम्म दैनिक साढे पाँच घण्टा विद्युत् आपूर्ति बन्द हुने
नेपाल विद्युत् प्राधिकरणले विद्युत् वितरण लाइन भूमिगत गर्ने कार्यका लागि काठमाडौंका विभिन्न क्षेत्रमा १२ दिनसम्म विद्युत् आपूर्ति बन्द गर्ने भएको छ ।
काठमाडौं । नेपाल विद्युत् प्राधिकरणले विद्युत् वितरण लाइन भूमिगत गर्ने कार्यका लागि काठमाडौंका विभिन्न क्षेत्रमा १२ दिनसम्म विद्युत् आपूर्ति बन्द गर्ने भएको छ ।
प्राधिकरणको कुलेश्वर र बानेश्वर वितरण केन्द्रअन्तर्गतका विभिन्न स्थानमा विद्युत् वितरण लाइन भूमिगत गर्ने कामका लागि मंसिर ३ गतेदेखि १४ गतेसम्म विद्युत् आपूर्ति बन्द गर्न लागिएको हो ।
प्राधिकरणका अनुसार सम्बन्धित क्षेत्रमा बिहान १०: ३० बजेदेखि दिउँसो ४ बजेसम्म विद्युत् आपूर्ति बन्द हुनेछ ।
निर्धारित तालिकाअनुसार मंसिर ३ र ६ गते बलम्बु तथा थानकोटअन्तर्गत बलम्बु खोला पुल र नैकाप क्षेत्रमा विद्युत् आपूर्ति बन्द हुनेछ । मंसिर ४ गते धोबीखोला तथा बत्तीसपुतलीअन्तर्गत लुम्बिनीदेखि शिफल ग्राउन्डसम्म र मंसिर ५ गते कालिमाटी तथा बाफलअन्तर्गत स्युचाटार पुल क्षेत्रमा विद्युत् अवरुद्ध हुनेछ ।
त्यस्तै, मंसिर ७ गते कोटेश्वर तथा इमाडोलअन्तर्गत ईटीटीआर ८ र ९ क्षेत्रमा, मंसिर ८ गते बलम्बु खोला पुल र नैकाप क्षेत्रमा तथा मंसिर ९ गते कोटेश्वरअन्तर्गत ईटीटीआर २६ए र ईटीटीआर ४ क्षेत्रमा विद्युत् आपूर्ति बन्द गरिनेछ ।
मंसिर १० गते शिफल ग्राउन्डदेखि कालोपुलसम्म, मंसिर ११ गते सतुङ्गलदेखि ढुंगेअड्डासम्म, मंसिर १२ गते कोटेश्वरअन्तर्गत ईटीटीआर ७ए र ८ क्षेत्रमा तथा मंसिर १३ गते बलम्बुदेखि सगरमाथा स्याटेलाइट स्टेसनसम्म विद्युत् आपूर्ति बन्द हुनेछ। मंसिर १४ गते पुनः शिफल ग्राउन्डदेखि कालोपुलसम्म विद्युत् अवरुद्ध हुने प्राधिकरणले जनाएको छ ।
प्राधिकरणले मौसम प्रतिकूल भएमा उक्त कार्यतालिका रद्द हुन सक्ने जनाएको छ । निर्धारित समयमा विद्युत् आपूर्ति बन्द हुने भएकाले सम्बन्धित क्षेत्रका उपभोक्तालाई आवश्यक तयारी गर्न पनि आग्रह गरिएको छ ।
Comments
0 comments · join the conversation
No comments yet
Be the first to share your thoughts.
Add a comment
Your comment will appear after a quick review.
Comment submitted
Thanks! Your comment is in the moderation queue and will appear after verification.
Reply to comment
0 replies
Reply submitted
Thanks! Your reply is in the moderation queue and will appear after verification.