एमसीसी अन्तर्गत न्यू बुटवल–न्यू दमौली ४०० केभी प्रसारण लाइन निर्माण सुरु

एमसीए–नेपालले न्यू बुटवल सबस्टेसनदेखि न्यू दमौली सबस्टेसनसम्मको ४०० केभी क्षमताको दोहोरो सर्किटयुक्त विद्युत् प्रसारण लाइन निर्माण सुरु गरेको छ।

Artha Kendra Artha Kendra
आइतबार, ६ मंसिर २०८३, १२:५५ PM
—
फन्ट
एमसीसी अन्तर्गत न्यू बुटवल–न्यू दमौली ४०० केभी प्रसारण लाइन निर्माण सुरु

काठमाडौं । एमसीए–नेपालले न्यू बुटवल सबस्टेसनदेखि न्यू दमौली सबस्टेसनसम्मको ४०० केभी क्षमताको दोहोरो सर्किटयुक्त विद्युत् प्रसारण लाइन निर्माण सुरु गरेको छ।

एमसीए–नेपालले तनहुँ र पाल्पा जिल्लाबाट प्रसारण लाइन निर्माण कार्य प्रारम्भ गरेको जनाएको छ ।

एमसीसी नेपाल कम्प्याक्टअन्तर्गतको विद्युत् प्रसारण आयोजनाले निर्माण गर्ने कुल ३१५ किलोमिटर लामो प्रसारण लाइनमध्ये न्यू बुटवल–न्यू दमौली खण्ड ९० किलोमिटरको हुनेछ । यस खण्डअन्तर्गत तनहुँ, पाल्पा, नवलपरासी (बर्दघाट सुस्ता पूर्व) र नवलपरासी (बर्दघाट सुस्ता पश्चिम) जिल्लामा २५० वटा प्रसारण टावर निर्माण गरिनेछन् ।

उक्त प्रसारण लाइन निर्माणले नेपालको ऊर्जा सुरक्षा सुदृढ बनाउनुका साथै देशमा उत्पादित विद्युत्लाई राष्ट्रिय प्रसारण ग्रिडमा जोड्न महत्त्वपूर्ण योगदान पुर्‍याउने अपेक्षा गरिएको एमसीए–नेपालले जनाएको छ ।

यो पोस्ट पढेपछि तपाईलाई कस्तो लाग्यो?

सेयर गर्नुहोस्

Comments

1 comment · join the conversation

S

Shquare

·

कतिपय दिमागशून्य र मूर्खहरू नेपालमा अमेरिकाले बिजुली बालिदिने भयो भनेर मख्ख छन् ।उसको चाहना बमोजिमको परिणाम आएको दिन थाहा हुन्छ कुरो के रहेछ भनेर ।