सम्पर्कविहीन कर्मचारीको खोजीमा सरकार, तीन दिनमा हाजिरी अद्यावधिक नगराए कारवाही हुने
भूमि व्यवस्था, सहकारी तथा सामान्य प्रशासन मन्त्रालयले अध्ययन वा असाधारण बिदा सकिएपछि पनि कार्यालयमा हाजिर नभएका, सम्पर्कविहीन रहेका तथा व्यक्तिगत विवरण अद्यावधिक नगरेका केही निजामती कर्मचारीबारे सूचना जारी गरेको छ।