एन्थ्रोपिकको मूल्याङ्कन १५ खर्ब डलरसम्म पुग्ने अनुमान

कृत्रिम बुद्धिमत्ता कम्पनी एन्थ्रोपिकको सेयर बजारमा प्रवेशअघि कम्पनीको मूल्याङ्कन १५ खर्ब अमेरिकी डलरसम्म पुग्ने अनुमान गरिएको छ ।

Artha Kendra Artha Kendra
बिहिबार, ३ मंसिर २०८३, २:३४ PM
—
फन्ट
एन्थ्रोपिकको मूल्याङ्कन १५ खर्ब डलरसम्म पुग्ने अनुमान

काठमाडौं । कृत्रिम बुद्धिमत्ता कम्पनी एन्थ्रोपिकको सेयर बजारमा प्रवेशअघि कम्पनीको मूल्याङ्कन १५ खर्ब अमेरिकी डलरसम्म पुग्ने अनुमान गरिएको छ ।

क्लाउड नामक कृत्रिम बुद्धिमत्ता प्रविधि विकास गरेको एन्थ्रोपिकले नास्डाकमा प्रतिकित्ता ८३ अमेरिकी डलरमा सेयर निष्कासन गर्ने जनाएको छ । यसअघि प्रतिकित्ता ७० देखि ७८ डलरसम्म मूल्य प्रस्ताव गरिएको थियो ।

कम्पनीको सेयरप्रति लगानीकर्ताको आकर्षण उच्च देखिएको छ । प्रारम्भिक लगानीकर्ताका अनुसार सेयर माग उपलब्ध सेयरको तुलनामा १० गुणाभन्दा बढी पुगेको छ । कम्पनीले सेयर निष्कासन र निजी लगानीमार्फत कुल ९४ अर्ब अमेरिकी डलर जुटाउने अपेक्षा गरेको छ ।

अमेरिकामा पूर्ण रूपमा कृत्रिम बुद्धिमत्ता प्रविधिमा केन्द्रित भएर सेयर बजारमा प्रवेश गर्ने एन्थ्रोपिक पहिलो कम्पनी बन्नेछ । यसको सेयर निष्कासनलाई कृत्रिम बुद्धिमत्ता उद्योगको व्यावसायिक सम्भावना र नाफा कमाउने क्षमताको महत्वपूर्ण परीक्षणका रूपमा हेरिएको छ ।

ओपनएआईका पूर्वकर्मचारीहरूले स्थापना गरेको एन्थ्रोपिकले प्रविधिको सुरक्षित विकासलाई प्राथमिकता दिँदै आएको छ । तर, कृत्रिम बुद्धिमत्तामा भइरहेको ठूलो लगानी, महँगो पूर्वाधार र भविष्यमा नाफा कमाउने क्षमताबारे लगानीकर्तामाझ चिन्ता पनि बढिरहेको छ ।

 
यो पोस्ट पढेपछि तपाईलाई कस्तो लाग्यो?

सेयर गर्नुहोस्

Comments

1 comment · join the conversation

HB

Hem Bahadur Thapa

·

यो खबर अब पुरानो भइसकेको छ। अनुमान होइन, सेयरको मूल्य नै तय भइसकेको छ। एन्थ्रोपिकले बुधबार (नोभेम्बर १८) IPO प्रति सेयर ८३ डलरमा मूल्य तय गर्‍यो, जसले कम्पनीको मूल्याङ्कन १५ खर्ब डलर पुर्‍यायो। (siasat) यो १५ खर्ब स्टक अप्सन आदि समेत गणना गर्दाको हो। ती नजोडी हेर्दा मूल्याङ्कन करिब ११ खर्ब डलर हुन्छ। (timeslive) जुटाएको रकम करिब ८० अर्ब डलर हो। रोयटर्सले ८१ अर्ब डलर र फर्च्यूनले ७९ अर्ब डलर उल्लेख गरेका छन्। फर्च्यूनका अनुसार यो रकममा SpaceX को ७५ अर्ब डलर नाघ्ने कीर्तिमान हो, तर मूल्याङ्कनमा जुनमा SpaceX को १७.७ खर्ब डलरको IPO भन्दा पछि दोस्रो हुन्छ।