सुनको मूल्यमा ठूलो गिरावट, आज कतिमा हुँदैछ कारोबार?

नेपाली बजारमा सुनको मूल्य एकै दिन प्रतितोला १२ हजार २०० रुपैयाँले घटेको छ ।

Artha Kendra Artha Kendra
शुक्रबार, ४ मंसिर २०८३, १०:५७ AM
—
फन्ट
सुनको मूल्यमा ठूलो गिरावट, आज कतिमा हुँदैछ कारोबार?

काठमाडौं । नेपाली बजारमा सुनको मूल्य एकै दिन प्रतितोला १२ हजार २०० रुपैयाँले घटेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार शुक्रबार सुनको मूल्य प्रतितोला २ लाख ४५ हजार ४०० रुपैयाँ कायम भएको छ । यसअघि बिहीबार सुन प्रतितोला २ लाख ५७ हजार ६०० रुपैयाँमा कारोबार भएको थियो ।

त्यस्तै, चाँदीको मूल्य पनि प्रतितोला २२५ रुपैयाँले घटेको छ । बिहीबार प्रतितोला ३ हजार ३३५ रुपैयाँमा कारोबार भएको चाँदी शुक्रबार घटेर ३ हजार ११० रुपैयाँ कायम भएको छ ।

सुन र चाँदी दुवैको मूल्यमा आएको यो गिरावटले बहुमूल्य धातुको बजारमा उल्लेख्य उतारचढाव देखाएको छ।

यो पोस्ट पढेपछि तपाईलाई कस्तो लाग्यो?

सेयर गर्नुहोस्

Comments

0 comments · join the conversation

No comments yet

Be the first to share your thoughts.