नेकपाका सांसद प्रमेशकुमार हमालले विश्वकप हेर्न लिएको शुल्कप्रति आपत्ति जनाएका छन् ।
राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति तथा नागरिक बचाउ महाअभियानका संयोजक दुर्गा प्रसाईले राजसंस्था र वैदिक सनातन हिन्दु धर्मको स्थापना नभएसम्म देशमा शान्ति नहुने बताएका छन् ।
प्रतिनिधिसभामा विनियोजन विधेयक अन्तर्गत असार १ र २ गते मन्त्रालयगत विनियोजन शीर्षकमाथि छलफल हुने भएको छ ।
परराष्ट्रमन्त्री शिशिर खनाल आज चारदिने औपचारिक भ्रमणका लागि चीन प्रस्थान गर्दैछन्।
सर्वोच्च अदालतले नेपाल वायुसेवा निगमको बोर्ड सदस्यमा सरकारले गरेको नियुक्ति बदर गरेको छ ।
३१ वर्षअघि सिफारिस भएर पनि हालसम्म कार्यान्वयनमा आउन नसकेको “सरकारी तथा सार्वजनिक जग्गा छानबिन एवं संरक्षणसम्बन्धी उच्चस्तरीय आयोग” (रावल आयोग) को प्रतिवेदन, २०५२ लाई अन्ततः सरकारले कार्यान्वयनमा लैजाने भएको छ ।
काठमाडौँ उपत्यकामा बसोबास गर्ने भूमिहीन तथा अव्यवस्थित नागरिकलाई सामाजिक सुरक्षा प्रणालीको दायरामा ल्याउने उद्देश्यले सरकारले दुर्घटना, स्वास्थ्य तथा जीवन बीमा कार्यक्रम सञ्चालन गर्ने तयारीलाई तीव्रता दिएको छ।
श्रम संस्कृति पार्टीका अध्यक्ष हर्क साम्पाङले नेपाली सेनालाई सीमामा खटाउनुपर्ने माग गरेका छन् ।
होर्मुज जलडमरूमध्य नजिकै तेल ट्यांकर ‘एमटी सेत्तेबेल्लो’ माथि भएको अमेरिकी आक्रमणमा दुई भारतीय नाविकको मृत्यु भएको छ भने जहाजका प्रमुख इन्जिनियर अझै बेपत्ता रहेको बताइएको छ।
राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद अमरेश कुमार सिंहले आगामी आर्थिक बर्षको बजेटप्रति टिप्पणी गर्दै फुकेको बेलुनको संज्ञा दिएका छन् ।
.. ..