विष्णु पौडेललाई नेपालगञ्जबाट काठमाडौँ ल्याइदै
सुर्खेतमा पक्राउ परेका पूर्वअर्थमन्त्री तथा एमाले उपाध्यक्ष विष्णु पौडेललाई नेपालगञ्जबाट काठमाडौँ ल्याउन लागिएको छ ।
काठमाडौँ । सुर्खेतमा पक्राउ परेका पूर्वअर्थमन्त्री तथा एमाले उपाध्यक्ष विष्णु पौडेललाई नेपालगञ्जबाट काठमाडौँ ल्याउन लागिएको छ । सुर्खेतमा पार्टीको निर्वाचन समिक्षा कार्यक्रममा सहभागी भएकै बेला पौडेललाई प्रहरीले पक्राउ गरेको थियो ।
प्रहरीले पौडेललाई सुर्खेतमा पक्राउ गरेर गाडीमा नेपालगञ्ज लागेको थियो । उनलाई नेपालगञ्जबाट जहाजमा काठमाडौँ ल्याइदै गरेको प्रहरीले जानकारी दिएको छ ।
बिचौलिया दीपक भट्टसँगको गैरकानुनी कारोबारका आधारमा विष्णु पौडेललाई पक्राउ गर्न पत्राचार गरिएको विभाग स्रोतले जानकारी दिएको छ ।
Comments
0 comments · join the conversation
No comments yet
Be the first to share your thoughts.
Add a comment
Your comment will appear after a quick review.
Comment submitted
Thanks! Your comment is in the moderation queue and will appear after verification.
Reply to comment
0 replies
Reply submitted
Thanks! Your reply is in the moderation queue and will appear after verification.