विष्णु पौडेललाई काठमाडौँ ल्याइयो, अदालतमा पेश गरिदै
सोमबार सुर्खेतमा पक्राउ परेका पूर्वअर्थमन्त्री तथा एमाले उपाध्यक्ष विष्णु पौडेललाई नेपालगञ्जबाट आज विहान काठमाडौँ ल्याइएको छ ।
काठमाडौँ । सोमबार सुर्खेतमा पक्राउ परेका पूर्वअर्थमन्त्री तथा एमाले उपाध्यक्ष विष्णु पौडेललाई नेपालगञ्जबाट आज विहान काठमाडौँ ल्याइएको छ । सुर्खेतमा पार्टीको निर्वाचन समिक्षा कार्यक्रममा सहभागी भएकै बेला पौडेललाई प्रहरीले सोमबार पक्राउ गरेको थियो ।
प्रहरीले पौडेललाई सुर्खेतमा पक्राउ गरेर गाडीमा नेपालगञ्ज लगेर राख्ने भने पनि राति नै सडकमार्ग मार्फत नै काठमाडौँ ल्याएको हो । काठमाडौं ल्याएर पौडेललाई सिधै ललितपुरस्थित सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागको कार्यालयमा लागिएको र आजै अदालत पेश गर्ने बताइएको छ ।
बिचौलिया दीपक भट्टसँगको गैरकानुनी कारोबारका आधारमा विष्णु पौडेललाई पक्राउ गर्न पत्राचार गरिएको विभाग स्रोतले जानकारी दिएको छ ।
Comments
0 comments · join the conversation
No comments yet
Be the first to share your thoughts.
Add a comment
Your comment will appear after a quick review.
Comment submitted
Thanks! Your comment is in the moderation queue and will appear after verification.
Reply to comment
0 replies
Reply submitted
Thanks! Your reply is in the moderation queue and will appear after verification.