धनगढी उपमहानगरको २ अर्ब ६४ करोडको बजेट, पूर्वाधार र रोजगारीमा जोड

धनगढी उपमहानगरपालिकाले आगामी आर्थिक वर्ष २०८३/८४ का लागि २ अर्ब ६४ करोड ६४ लाख रुपैयाँको बजेट सार्वजनिक गरेको छ। बजेटले पूर्वाधार विकास, शिक्षा, स्वास्थ्य सेवा विस्तार, रोजगारी सिर्जना तथा नगर गौरवका आयोजनालाई प्राथमिकतामा राखेको छ।

Artha Kendra Artha Kendra
सोमबार, ८ असार २०८३, २:४४ PM
फन्ट
धनगढी उपमहानगरको २ अर्ब ६४ करोडको बजेट, पूर्वाधार र रोजगारीमा जोड

काठमाडौं, ०८ असार । धनगढी उपमहानगरपालिकाले आगामी आर्थिक वर्ष २०८३/८४ का लागि २ अर्ब ६४ करोड ६४ लाख रुपैयाँको बजेट सार्वजनिक गरेको छ। बजेटले पूर्वाधार विकास, शिक्षा, स्वास्थ्य सेवा विस्तार, रोजगारी सिर्जना तथा नगर गौरवका आयोजनालाई प्राथमिकतामा राखेको छ।

आइतबार सम्पन्न नगरसभाको १५औँ अधिवेशनमा उपप्रमुख कन्दकला कुमारी रानाले बजेट प्रस्तुत गरेकी हुन्।

प्रस्तावित बजेटमध्ये चालु खर्चतर्फ १ अर्ब ४३ करोड ६३ लाख रुपैयाँपुँजीगत खर्चतर्फ १ अर्ब २३ करोड ७६ लाख रुपैयाँ विनियोजन गरिएको छ।

बजेटका लागि आन्तरिक आयबाट ५५ करोड १० लाख रुपैयाँ, राजस्व बाँडफाँटबाट ६० करोड ४५ लाख ३६ हजार रुपैयाँ तथा नेपाल सरकारको वित्तीय हस्तान्तरणबाट १ अर्ब ६ करोड ७९ लाख रुपैयाँ प्राप्त हुने अनुमान गरिएको छ। त्यसैगरी, सुदूरपश्चिम प्रदेश सरकारबाट १४ करोड २२ लाख रुपैयाँ र चालु आर्थिक वर्षको बचतबाट ४२ करोड ३० लाख २१ हजार रुपैयाँ स्रोत व्यवस्थापन हुने जनाइएको छ।

उपमहानगरका अनुसार बजेटले पूर्वाधार निर्माण, शिक्षा, स्वास्थ्य, रोजगारी तथा लोककल्याणकारी कार्यक्रमलाई विशेष प्राथमिकता दिएको छ। साथै, नगर गौरवका आयोजना प्रभावकारी रूपमा सञ्चालन गर्न तथा विकास आयोजनाको व्यवस्थित व्यवस्थापनका लागि ‘आयोजना बैंक’ स्थापना गर्ने योजना पनि बजेटमा समावेश गरिएको छ।

स्वास्थ्य सेवाको पहुँच विस्तार गर्न वडा स्वास्थ्य क्लिनिक सुदृढीकरण कार्यक्रमलाई निरन्तरता दिइने भएको छ। यस्तै, युवालाई सीपमूलक तालिममार्फत स्वरोजगार बनाउन सीप तथा रोजगार मेला कार्यक्रम आगामी वर्ष पनि सञ्चालन गरिने उपमहानगरले जनाएको छ।

यो पोस्ट पढेपछि तपाईलाई कस्तो लाग्यो?

सेयर गर्नुहोस्

Comments

0 comments · join the conversation

No comments yet

Be the first to share your thoughts.