सर्वोच्चबाट जाँचबुझ आयोगका अध्यक्ष कार्कीसहित तीनजनाविरुद्धको रिट खारेज
सर्वोच्च अदालतले गत भदौ २३ र २४ गते जेनजी आन्दोलनका क्रममा घटेका घटनाहरूको विषयमा छानबिन गर्न गठित जाँचबुझ आयोगका अध्यक्ष गौरीबहादुर कार्कीसहित तीनजनाविरुद्ध परेको रिट खारेज गरेको छ ।