एमाले बैठकमा ओलीलाई मार्ग प्रशस्त गर्न माग
नेकपा एमालेमा केपी शर्मा ओलीको नेतृत्वमा औपचारिक रुपमा नै प्रश्न उठेको छ ।
काठमाडौँ । नेकपा एमालेमा केपी शर्मा ओलीको नेतृत्वमा औपचारिक रुपमा नै प्रश्न उठेको छ ।
शुक्रबार बसेको बैठकमा बोलेका पाँच मध्ये चार उपाध्यक्षले अध्यक्ष ओलीको नेतृत्वमाथि प्रश्न गर्दै मार्ग प्रशस्त गर्न सुझाव दिएसँगै अब एमालेमा नेतृत्व परिवर्तनको बहस शुरु भएको हो ।
बैठकमा उपाध्यक्ष विष्णु पौडेल, पृथ्वी सुब्बा गुरुङ, रघुजी पन्त र गोकर्ण विष्टले ओलीलाई मार्ग प्रशस्त गर्न आग्रह गरेका थिए । बैठकमा बोलेका उपाध्यक्ष रामबहादुर थापा बादलले भने संकटको बेला नेतृत्वको रक्षा गर्नुपर्ने भन्दै ओलीको बचाउ गरेका थिए ।
बैठकमा ओलीले नेतृत्वको विरुद्ध जानेलाई अनुशासनको कारवाही गर्ने चेतावनी दिएपछि असहज अवस्था सिर्जना भएको बताइएको छ । उनले पार्टी र नेतृत्वमा चारै तिरबाट आक्रमण भएको समयमा नेतृत्वविरुद्ध गतिबिधि गर्नेलाई अनुशासनको कारवाही गर्ने चेतावनी दिएका थिए । ओलीको चेतावनीको उपाध्यक्ष पृथ्वी सुब्बा गुरुङले प्रतिवाद गरेका थिए । उनले पार्टी अध्यक्षको मात्र नभएको भन्दै पार्टी निर्माणमा सबैको योगदान भएको भन्दै प्रतिवाद गरेका थिए ।
बैठकपछि बोल्दै उपमहासचिव लेखराज भट्टले आजको बैठकमा पाँचै उपाध्यक्षले खुलस्त कुरा गरेको जानकारी दिदै बैठक शनिबार बिहान साढे ११ बजेदेखि शुरु हुने बताए ।
यो पनि पढ्नुहोस्
दुर्गा प्रसाईंमाथिको अनुसन्धान सोमबारसम्म सक्न सर्वोच्चको परमादेश
राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति तथा नागरिक बचाउ महाअभियानका संयोजक दुर्गा प्रसाईंमाथि दोस्रो पटक म्याद थप भएको मितिसम्म अनुसन्धान सक्नका लागि सर्वोच्च अदालतले परमादेश जारी गरेको छ ।
कास्की अदालतले फिर्ता गर्यो रवि लामिछानेविरुद्धको सम्पत्ति शुद्धीकरण र संगठित अपराध अभियोग
कास्की जिल्ला अदालतले रास्वपा सभापति रवि लामिछानेविरुद्धको सम्पत्ति शुद्धीकरण र संगठित अपराध कसुर फिर्ता लिन अनुमति दिएको छ, तर सहकारी ठगीको अभियोग भने यथावतै रहनेछ।
Comments
0 comments · join the conversation
No comments yet
Be the first to share your thoughts.
Add a comment
Your comment will appear after a quick review.
Comment submitted
Thanks! Your comment is in the moderation queue and will appear after verification.
Reply to comment
0 replies
Reply submitted
Thanks! Your reply is in the moderation queue and will appear after verification.