यसैबर्ष सम्पन्न हुनसक्ने आयोजनालाई बजेटमा प्राथमिकता दिन्छौं- अर्थमन्त्री डा. वाग्ले
अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले यस बर्ष सम्पन्न हुनसक्ने आयोजनालाई प्राथमिकता दिएर बजेट विनियाजन गर्ने बताएका छन् ।
काठमाडौँ । अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले यस बर्ष सम्पन्न हुनसक्ने आयोजनालाई प्राथमिकता दिएर बजेट विनियाजन गर्ने बताएका छन् ।
राष्ट्रिय सभा अन्तर्गतको विकास, आर्थिक मामिला तथा सुशासन समितिको बैठक अर्थमन्त्री वाग्लेले बजेटमा यसअघि ७०-८० प्रतिशत सम्पन्न भैसकेका आयोजनालाई यस पटक पर्याप्त बजेट दिएर यसै बर्ष सम्पन्न गर्ने सरकारको लक्ष्य रहेको बताए ।
उनले लिएको ऋण जीडीपी अनुपात गर्नुपर्ने भन्दै अहिले ऋण पनि लिएको र जीडीपी पनि बढिरहेको बताए । उनले अहिले लिएको ऋण उत्पादन मुलक छ की छैन भन्ने भन्ने हेर्ने बताउदै ऋण लिनु समस्या नभएको दाबि गरे ।
उनले बजेटमा ठुला आयोजनालाई प्राथमिकतामा नै राखेको बताउदै ठुला आयोजनाको मोडालिटी स्पष्ट गरेर निर्णय गर्ने बताए । उनले पोखरा र भैरहवा अन्तर्राष्ट्रिय विमानस्थल ऋण लिएर बनाएपछि संचालन गर्न नसकेको उदाहरण दिदै निजगढ विमानस्थलमा अहिले ठुलो रकम लगानी गर्न विगतका सरकार र अहिलेको सरकार पनि सचेत रहेको स्पष्ट गरे ।
अर्थमन्त्री वाग्लेले राष्ट्रिय क्षमताले भ्याएसम्म अधिकतम लचक भएर बजेट विनियोजन गर्ने बताउदै दैलेखको ग्यास उत्खननलाई चिनियाँ सरकारको सहकार्यमा अगाडी बढाउने र बजेटमा पनि आउने बताए । उनले स्वास्थ्य वीमा धेरै दुरुपयोग पनि भइरहेको भन्दै यसलाई पुनर्संरचना गर्ने बताउदै विपन्न जनताको आधारभूत र सक्नेले योगदानमा आधारित बनाउन सरकारले तयारी गरिएको बताए ।
अर्थमन्त्री वाग्लेले सांसदहरुले सोधेका प्रश्नको जवाफ दिदै सरकारले मधेशलाई उच्च प्राथमिकता दिने बताए । उनले २०४८-४९ मा शुरु भएका आर्थिक सुधारका कामलाई निरन्तरता दिन सकेको भए अहिले अर्थतन्त्रको आकार अहिलेको दोब्बरको अवस्थामा भएको हुने समेत बताए ।
Comments
0 comments · join the conversation
No comments yet
Be the first to share your thoughts.
Add a comment
Your comment will appear after a quick review.
Comment submitted
Thanks! Your comment is in the moderation queue and will appear after verification.
Reply to comment
0 replies
Reply submitted
Thanks! Your reply is in the moderation queue and will appear after verification.