सेनाको मेजरलाई वेटर बनाएर चीनमा एलन मस्कको जासुसी !

चीनमाथि विभिन्न देशको जासुसी गरेको आरोप लाग्दै आएका बेला अहिले फेरि नयाँ दाबी सार्वजनिक भएको छ ।

Artha Kendra Artha Kendra
शनिबार, ९ जेठ २०८३, ११:११ AM
फन्ट
सेनाको मेजरलाई वेटर बनाएर चीनमा एलन मस्कको जासुसी !

काठमाडौँ । चीनमाथि विभिन्न देशको जासुसी गरेको आरोप लाग्दै आएका बेला अहिले फेरि नयाँ दाबी सार्वजनिक भएको छ । एक स्वतन्त्र ब्लगरले चीनको सेनाका उच्च अधिकारीले विशेष कार्यक्रममा एलन मस्कसहित विदेशी पाहुनामाथि निगरानी राख्न जासुसी योजना बनाएको आरोप लगाएकी छन् ।

स्वतन्त्र ब्लगर जेनिफर जेङले सामाजिक सञ्जालमार्फत चीन सरकारविरुद्ध गम्भीर आरोप लगाएकी हुन् । उनका अनुसार अमेरिकी प्रतिनिधिमण्डल बेइजिङ पुगेका बेला उनीहरूको सम्मानमा भव्य भोज आयोजना गरिएको थियो । उक्त कार्यक्रममा विश्वका धनी व्यक्तिमध्ये एक एलन मस्क पनि सहभागी थिए ।

जेनिफरले भोजका क्रममा एलन मस्कको पछाडि उभिएकी महिला वेटर वास्तवमा चीनको सेनाकी उच्च अधिकारी रहेको दाबी गरेकी छन् । उनले सामाजिक सञ्जालमा केही तस्वीर सार्वजनिक गर्दै ती महिलाहरू साधारण वेटर नभई सैन्य अधिकारी भएको उल्लेख गरेकी छन् ।

उनका अनुसार भोजमा खाना पस्किने दुई महिलाको तस्वीर र सेनाको पोसाकमा रहेका तस्वीरहरू चीनका सामाजिक सञ्जालमा तीव्र रूपमा फैलिएका छन् ।

जेनिफरले अर्को पोस्टमा एलन मस्कको पछाडि उभिएकी महिलाको नाम मेजर चेङ चेङ रहेको दाबी गरेकी छन् । उनी चीनको सेनाको विशेष बटालियनकी कमाण्डर रहेको तथा सैन्य कार्यक्रमका लागि नियम तयार गर्ने जिम्मेवारीसमेत सम्हाल्दै आएको उल्लेख गरिएको छ ।

ब्लगरले भोजका क्रममा ती महिलाले रातो पोसाकभित्र हतियार लुकाएको हुनसक्ने आशंकासमेत व्यक्त गरेकी छन् ।

यो पहिलो पटक भने होइन, जब जेनिफरले चीनमाथि यस्ता आरोप लगाएकी हुन् । यसअघि सन् २०२३ मा उनले क्यानडामा मारिएका खालिस्तानी अभियुक्त हरदीप सिंह निज्जरको हत्यामा पनि चिनियाँ कम्युनिष्ट पार्टीको भूमिका रहेको दाबी गरेकी थिइन् ।

उनका अनुसार उक्त घटनामार्फत भारतलाई अन्तर्राष्ट्रिय रूपमा विवादमा पार्ने र भारत तथा पश्चिमी देशबीच तनाव सिर्जना गर्ने उद्देश्य रहेको थियो ।

यो पोस्ट पढेपछि तपाईलाई कस्तो लाग्यो?

सेयर गर्नुहोस्

Comments

0 comments · join the conversation

No comments yet

Be the first to share your thoughts.