दुर्गा प्रसाईंमाथिको अनुसन्धान सोमबारसम्म सक्न सर्वोच्चको परमादेश

राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति तथा नागरिक बचाउ महाअभियानका संयोजक दुर्गा प्रसाईंमाथि दोस्रो पटक म्याद थप भएको मितिसम्म अनुसन्धान सक्नका लागि सर्वोच्च अदालतले परमादेश जारी गरेको छ ।

Artha Kendra Artha Kendra
शुक्रबार, ८ जेठ २०८३, ९:५८ PM
फन्ट
दुर्गा प्रसाईंमाथिको अनुसन्धान सोमबारसम्म सक्न सर्वोच्चको परमादेश

काठमाडौं । राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति तथा नागरिक बचाउ महाअभियानका संयोजक दुर्गा प्रसाईंमाथि दोस्रो पटक म्याद थप भएको मितिसम्म अनुसन्धान सक्नका लागि सर्वोच्च अदालतले परमादेश जारी गरेको छ ।

न्यायाधीश विनोद शर्मा र नित्यानन्द पाण्डेयको संयुक्त इजलासले बन्दी प्रत्यक्षीकरणको खारेज गर्दै म्याद थप भएको सोमबारसम्म अनुसन्धान सक्न परमादेश जारी गरेको हो  । 

जिल्ला प्रहरी कार्यालय पर्साले प्रसाईलाई विहिबार चारदिनको म्याद थप गरे अनुसार सर्वोच्चले सो समय अवधिमा अनुसान्धान सकेर मुद्दा चल्ने भएमा सोही बमोजिम गर्न र नभएमा थुनामुक्त गर्न परमादेश दिएको छ ।

यसअघि बुधबार उक्त रिटमाथि सुनुवाइ गर्दै न्यायाधीश महेश शर्मा पौडेलको एकल इजलासले प्रसाईंलाई पक्राउ गरेर थुनामा राख्नुको कारण मागेको थियो ।

प्रसाईंलाई मंगलबार पर्साको वीरगन्जबाट पक्राउ गरिएको थियो ।  पर्सा प्रहरीले वीरगन्जको दियालो होटलबाट नियन्त्रणमा लिइ विद्युतीय ( इलेक्ट्रोनिक ) कारोबार ऐन र राज्यविरुद्धको कसुरमा मुद्दा दर्ता गरेको थियो ।

प्रसाईंको हकमा अधिवक्ता आशिष लुइटेलले जिल्ला प्रहरी कार्यालय पर्सालाई विपक्षी बनाइ सर्वोच्चमा बन्दीप्रत्यक्षीकरणको रिट दायर गरेका थिए ।

यो पोस्ट पढेपछि तपाईलाई कस्तो लाग्यो?

सेयर गर्नुहोस्

Comments

0 comments · join the conversation

No comments yet

Be the first to share your thoughts.